पुनर्निर्मित रानीपोखरी उद्घाटन (फोटो फिचर) « Khabarhub

पुनर्निर्मित रानीपोखरी उद्घाटन (फोटो फिचर)



काठमाडौँ- भूकम्पले भत्किएको ऐतिहासिक रानीपोखरी ५ वर्षमा पुनर्निर्माण पूरा भएको छ ।

अहिले रानीपोखरीलाई पूर्ववत अवस्थामा ल्याएर झकिझकाउ पारिएको छ । रंगरोगन, बत्ती जडान गरेर सिंगारपटार गरिएको रानीपोखरी पाँच वर्षपछि लोभलाग्दो भएको छ । रानीपोखरीको आज एक कार्यक्रमकाबीच उद्घाटन भएको छ ।

राष्ट्रपति विद्या भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन् । १८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ गते शिलान्यास गरेको रानीपोखरी राष्ट्रपति भण्डारीबाटै आज उद्घाटन भएको हो ।

यसअघि गएको वैशाख १२ गते तथा संविधान दिवसका दिन असोज ३ मासमेत उद्घाटनको तयारी भए पनि कोरोनाका कारण ढिलो भएर रानीपोखरी उद्घाटन हुन सकेको थिएन ।

यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।

आज राष्ट्रपतिले रानीपोखरी उद्घाटन गरेसँगै सबैका लागि खुला हुनेछ । बालगोपालेश्वर (यमलेश्वर) मन्दिर परम्परागत मान्यता अनुसार यस वर्षको एक दिन भाइटीकामा खुल्ने छ ।

बगैँचा तथा पोखरीको सुरक्षामा केही समय रानीपोखरीमा सुरक्षाकर्मीसमेत खटाइने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १ : १३ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले