बाँकेमा २४ वर्षीय कोरोना संक्रमितको मृत्यु « Khabarhub

बाँकेमा २४ वर्षीय कोरोना संक्रमितको मृत्यु


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज— बाँकेमा कोरोनाबाट थप एक जनाको ज्यान गएको छ । मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कोहलपुर आएका युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको हो ।

बेलाडी–५ कञ्चनपुरका २४ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंगलबार बेलुका मृत्यु भएको स्वास्थ्य कार्यालय बाकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनी असोज ३० गते थप उपचारका लागि भर्ना भएका थिए । कोरोना भाइरससँग मिल्दो लक्षण देखिएका उनको कात्तिक ३ गते स्वाब संकलन गरिएको थियो । त्यसैदिन उनको रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।

योसंगै उपचारका लागि बाहिरी जिल्लाबाट आएका १५ जनाको बाकेमा मृत्यु भएको छ । बाके जिल्लाका मृत्यु हुनेको संख्या भने २९ छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ५ : ५१ बजे

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध