धादिङमा कोरोना संक्रमित तीन जनाको मृत्यु  « Khabarhub

धादिङमा कोरोना संक्रमित तीन जनाको मृत्यु 


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् ।

नेपाल बार एशोसिएशन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोबिन्दबहादुर श्रेष्ठको संक्रमणबाट मृत्यु भएको छ । ८३ वर्षीय श्रेष्ठको उपचारका क्रममा काठमाडौंको अल्का अस्पतालमा मृत्यु भएको हो ।

निमोनिया र दमको समस्याबाट पीडित श्रेष्ठका दुई छोरा र चार छोरी छन् । श्रेष्ठ धादिङ बार एशोसिएशनको २०४६ सालमा स्थापना हुँदा अध्यक्ष थिए ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्वालामुखी गाउँपालिका वडा नं ७ का मोहन लोहनीको आज मृत्यु भएको छ । उनको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा मृत्यु भएको हो ।

लामो समयदेखि युवा राजनीतिमा संलग्न लोहनी पूर्वमाओवादी केन्द्र निकट वाइसीएल नेपालका केन्द्रीय सदस्यसमेत बनेका थिए ।

यसैगरी तत्कालीन बसेरी गाविसका पूर्वअध्यक्ष डम्बरबहादुर ढकालको पनि कोरोनाले मृत्यु भएको छ ।

मृत्युपछि परिवारका निश्चित केही व्यक्तिले उनको अन्त्यष्टि गरेका छन् । उनको मृत्युपछि कोरोना पुष्टि भएको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ६ : ४३ बजे

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा

सर्वोच्च अदालतमा ४० प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौं– सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा