प्रहरीमाथि गोली चलाउने भारतीय नागरिक हतियारसहित पक्राउ « Khabarhub

प्रहरीमाथि गोली चलाउने भारतीय नागरिक हतियारसहित पक्राउ


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगंज- बारामा प्रहरीले पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक वृजकिशोर कुसवाह रहेका छन्। बिहारको पूर्वी चम्पारण मोतिहारी जिल्ला दुधिअवा बस्ने कुसवाहलाई बुधबार दिउँसो पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

भारतबाट हतियार बोकेर नेपाल प्रवेश गरेका उनलाई प्रहरीले चेक गर्न खोज्दा प्रहरीमाथि गोली चलाएका थिए। प्रहरीले जवाफी फायरिङ गर्दा उनको बायाँ हातमा गोली लागेको छ।

प्रहरीले उनको साथबाट प्रहरीले पेस्तोल १ थान , म्याग्जिनमा लोड राउण्ड ४ र चेम्बेरमा लोड रहेको फायर मिस भएको १ राउण्ड गरी ५ राउण्ड गोली बरामद गरेको छ।

पक्राउ परेका कुसवाहका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ७ : ४० बजे

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा

सर्वोच्च अदालतमा ४० प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौं– सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा