प्रदेश २ ले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने « Khabarhub

प्रदेश २ ले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश २ ले कोरोना परीक्षण तथा संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ ।

सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना संक्रमितको उपचार निशुल्क गर्ने जानकारी दिएका हुन् ।

मन्त्री साहले जनताको कोरोनाको परीक्षणदेखि उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै बेहोर्ने बताए ।

उनले अहिले प्रदेशको विभिन्न जिल्लामा आठ वटा पीसीआर मेसिन मार्फत कोरोनाको परीक्षण भईरहेको जानकारी दिए ।

उनले प्रदेश २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज, रौतहटको गौर अस्पताल र महोत्तरीको बर्दिवास अस्पतालमा निःशुल्क परीक्षण गर्ने काम भईरहेको समेत बताए ।

यसैगरी कोरोनाको निःशुल्क उपचार जनकपुरधाम, राजविराज, वीरगञ्ज, गौरमा भईरहेको मन्त्री साहले जानकारी दिए ।

प्रदेश सरकारले कुनै प्रकारको शुल्क नलिनको लागि प्रयोगशाला तथा कोरोनाको उपचार गर्ने अस्पताललाई निर्देशन पनि दिइसकेको सामाजिक विकास मन्त्री साहले जानकारी दिए ।

यसैबीच प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. प्रमोद यादवले हरेक जिल्लाको जिल्ला अस्पतालमा पनि कोरोनाको परीक्षणका लागि प्रयोगशाला स्थापनाका लागि पीसीआर मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ८ : ४७ बजे

ओलीको आग्रह : आफूसँगै आफन्त र छिमेकीलाई पनि एमालेमा मत हाल्न लगाउनुस्

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेलाई

‘आबाट आमा’को व्यापार ८ करोड नाघ्यो, ‘कुमारी’ र ‘रमिताको पिरती’ लाखमै सीमित

काठमाडौं – नायक पल शाह स्टारर फिल्म ‘आबाट आमा’को व्यापार

मत सर्वेक्षणसम्बन्धी समाचारप्रति रेनुको आपत्ति, सेतोपाटीलाई कारबाही गर्न काउन्सिललाई आयोगको पत्र

चितवन – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार

के.सी.सी.मा अनेरास्ववियूको आन्दोलन

काठमाडौं– अनेरास्ववियू कान्तिपुर सिटी कलेज (के.सी.सी) क्याम्पस कमिटीले कलेज प्रशासनविरुद्ध

प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोन भोलि भेट्दै 

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन