प्रदेश २ ले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने « Khabarhub

प्रदेश २ ले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश २ ले कोरोना परीक्षण तथा संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ ।

सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना संक्रमितको उपचार निशुल्क गर्ने जानकारी दिएका हुन् ।

मन्त्री साहले जनताको कोरोनाको परीक्षणदेखि उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै बेहोर्ने बताए ।

उनले अहिले प्रदेशको विभिन्न जिल्लामा आठ वटा पीसीआर मेसिन मार्फत कोरोनाको परीक्षण भईरहेको जानकारी दिए ।

उनले प्रदेश २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज, रौतहटको गौर अस्पताल र महोत्तरीको बर्दिवास अस्पतालमा निःशुल्क परीक्षण गर्ने काम भईरहेको समेत बताए ।

यसैगरी कोरोनाको निःशुल्क उपचार जनकपुरधाम, राजविराज, वीरगञ्ज, गौरमा भईरहेको मन्त्री साहले जानकारी दिए ।

प्रदेश सरकारले कुनै प्रकारको शुल्क नलिनको लागि प्रयोगशाला तथा कोरोनाको उपचार गर्ने अस्पताललाई निर्देशन पनि दिइसकेको सामाजिक विकास मन्त्री साहले जानकारी दिए ।

यसैबीच प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. प्रमोद यादवले हरेक जिल्लाको जिल्ला अस्पतालमा पनि कोरोनाको परीक्षणका लागि प्रयोगशाला स्थापनाका लागि पीसीआर मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ८ : ४७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना