अबको चार महिनामा १ लाख ४८ हजारमा कोरोना पुष्टि हुनसक्छ : मन्त्री ढकाल « Khabarhub

अबको चार महिनामा १ लाख ४८ हजारमा कोरोना पुष्टि हुनसक्छ : मन्त्री ढकाल


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको चार महिनामा करिब एक लाख ४८ हजारमा संक्रमण पुष्टि हुनसक्ने बताएका छन्।

शनिबार कोभिड-१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिकाबारे काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अबको चार महिनामा सो संख्यामा कोरोना संक्रमितको बृद्धि हुनसक्ने सरकारले अनुमान गरेको बताएका हुन्।

उनले भने, ‘सुरूमा सरकारले नेपालको कुल जनसंख्याको दुई प्रतिशतमा पिसिआर परीक्षण गर्ने नीति लिएको थियो। तर, संक्रमण नियन्त्रणमा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको छ ।’

सरकारले मुलुकमा भएका स्वास्थ्य संरचनाहरूको यथार्थभित्र रहेर अधिकतम काम गरिरहेको पनि मन्त्री ढकालले दाबी गरे ।

त्यस्तै, कोरोना संक्रमण र यसको उपचारको सम्बन्धमा पछिल्लो समय नागरिकको बुझाइका कारण सरकारलाई काम गर्न सहज भएको पनि मन्त्री ढकालले बताए।

कुल सक्रिय संक्रमितहरूमध्ये ८० प्रतिशत होम आइसोलेसनमा बस्नुले नै नागरिकको बुझाइमा परिवर्तन आएको स्पष्ट हुने उनले बताए।

सरकारले अस्पतालहरूमा अक्सिजन सहितका बेडहरूको व्यवस्थापन गर्ने, औषधीको आपूर्ति सहज बनाउने सम्बन्धमा युद्धस्तरमा काम गरिराखेको समेत बताए।

यस्तै, विश्वमा भ्याक्सिन उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भई प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली नागरिकहरूलाई पनि भ्याक्सिन दिलाउन सकियोस् भन्नेतर्फ सरकारले ध्यान केन्द्रित गरी काम गरिरहेको उनले बताए।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  २ : ०८ बजे

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न