मोरङमा जुवाखालबाट १६ पक्राउ, १९ मोटरसाइकल र २ वटा कार बरामद « Khabarhub

मोरङमा जुवाखालबाट १६ पक्राउ, १९ मोटरसाइकल र २ वटा कार बरामद


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मोरङमा प्रहरीले जुवातास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ ।

मोरङ रतुवामाई नगरपालिका–८ स्थित सागर बर्तौलाको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले पक्राउ परेकाहरुको साथबाट १ लाख ६९ हजार ६९५ रुपैयाँ नगद समेत बरामद गरेको मोरङका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

राईका अनुसार पक्राउ परेकाहरुको साथबाट १ बुक तास, १६ थान कौडा, विभिन्न कम्पनीका १७ वटा मोबाइल, २ वटा कार र १९ वटा मोटरसाइकल समेत बरामद भएको छ ।

पक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका–७ सिजुवा बजारका ४७ वर्षीय डिल्लीराम चौलागाई, ३५ वर्षीय मोती पौडेल, ४३ वर्षीय रामनाथ मैनाली, ४१ वर्षीय देवी प्रसाद पौडेल, ३७ वर्षीय रामनाथ नेपाल, ४५ वर्षीय हेमलाल प्रसाई र ४० वर्षीय नारायण चुडाल रहेका छन् ।

त्यस्तै ४४ वर्षीय सन्तबहादुर राई, ३५ वर्षीय सागर गडतौला, ४५ वर्षीय दिपक ढुंगाना, ४५ वर्षीय योगराज घिमिरे, ३८ वर्षीय अशोक भट्टराई, ३९ वर्षीय राजन हस्ता मगर,, ४५ वर्षीय गोपी पराजुली, ३६ वर्षीय रविन पोखरेल र २२ वर्षीय गणेश श्रेष्ठ पक्राउ परेका प्रवक्ता राईले बताए ।

यस्तै मे ८ प ८६७ नम्बरको यामाहा मोटरसाइकल, प्रदेश न. ०१–०१२ प ८९० सुजुकी मोटरसाइकल, को २५ प ९८७६ अपाची मोटरसाइकल, बा ८० प ३८९९ यामाहा मोटरसाइकल, बा ४५ प ४३४ पल्सर मोटरसाइकल, को २७ प ७३१ सपर स्पेण्डर मोटरसाइकल, मे ८ प ९५९९ यामाहा मोटरसाइकल, प्रदेश न. ०१–०२०४१ प ६२२८ एभेन्जर मोटरसाइकल, मे ३ प ६६२ अपाची मोटरसाइकल, को ३१ प ७७७६ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ ।

प्रवक्ता राईका अनुसार मे ११ प १२६६ नम्बरको मोटरसाइकल, को ११ प १३२ सुपर स्पेण्डर मोटरसाइकल, मे ५ प ५३६४ नम्बरको सुजुकी मोटरसाइकल, मे ६ प ग्ल्यामर मोटरसाइकल, को ११ प ७७०३ युनिकन मोटरसाइकल, मे ८ प २६३१ पल्सर मोटरसाइकल, मे ११ प ९४८० पल्सर मोटरसाइकल, मे ६ प ६८९७ सुपर स्पेण्डर मोटरसाइकल र मे ७ प ४९१ डिस्कभरी मोटरसाइकल पनि बरामद भएको छ ।

त्यस्तै को १ च ७३३८ टाटा कम्पनीको कार र बा १४ च २७०३ नम्बरको हुण्डाइ कम्पनीको कार समेत बरामद गरिएको राईले जानकारी दिए ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ३ : १० बजे

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं– विद्यालयमा राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन, २०२५  आज