पाँच दिन झुलाघाट नाका खोलिने « Khabarhub

पाँच दिन झुलाघाट नाका खोलिने


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोलिने भएको छ । नेपाली नागरिकलाई भारतीय निवृत्तिभरण बुझ्न समस्या भएपछि सो नाका पाँच दिनका लागि खोलिन लागिएको हो ।

यही मङ्सिर ८ गते देखि १२ गतेसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

उनले भने, “ नेपाली नागरिकलाई भारतीय पेन्सन बुझ्नका लागि सजिलो होस् भनेर पाँच दिनका लागि नाका खोल्न लागेका हौँ ।”

जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खुल्न लागेको हो।

कोरोनाका कारण सीमा नाका बन्द भएपछि नेपालीले लामो समयदेखि निवृत्तिभरण बुझ्न पाएका छैनन् । यसअघि तीन दिनका लागि नाका खोलिए पनि सबैले निवृत्तिभरण बुझ्न पाएका थिएनन् ।

नाका खुलेका समयमा निवृत्तिभरणधारीका साथै अत्यावश्यक र आकस्मिक काम परेकाले समेत आवतजावत गर्न पाउने सहायक प्रजिअ नेगीले बताए।

उनले भने, “खास गरेर पेन्सनधारीको पेन्सन बुझ्नका लागि नाका खुल्ने हो, अत्यावश्यक कामका लागि अरुलाई पनि आवतजावत गर्न दिइन्छ ।”

जिल्लामा करीब एक हजार २०० भारतीय निवृत्तिभरणधारी रहेको बताइएको छ । नाकामा निवृत्तिभरणधारीले आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड परिपालना गर्नुपर्ने प्रशासनले जनाएको छ ।

निवृत्तिभरणधारीले दुई महिनाअघि नाका खोल्न आग्रह गरेका थिए । उनीहरुको अनुरोधमै नाका खोलिन लागिएको हो । उनीहरुले निवृत्तिभरणबापतको पैसा भारतीय बैंकमार्फत बुझ्ने गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ३ : ३५ बजे

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले

भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की 

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम