‘विचार-राजनीति’ र ‘विधि-पद्धति’ले पार्टी चल्छ : अध्यक्ष प्रचण्ड « Khabarhub

‘विचार-राजनीति’ र ‘विधि-पद्धति’ले पार्टी चल्छ : अध्यक्ष प्रचण्ड


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी चल्ने दुई वटा आधार भएको बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-  ‘पार्टी मुख्यतः दुई कुराको आधारमा चल्छ । एउटा विचार – राजनीति र दोस्रो विधि -पद्धति ।’

उनले यस विषयमा केही नखुलाएको भए पनि नेकपाभित्रको संकटसँग जोडेर अभिव्यक्ति दिएको हुनसक्ने आकलन गर्न सकिन्छ।

पछिल्ला केही हप्ता यता नेकपाभित्र अध्यक्षद्वयबीच  विवाद बढेको छ। पार्टी विधि र पद्धतिमा नचलाएको भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आलोचना हुँदै आएको छ।

अध्यक्ष प्रचण्डले ओलीमाथि ‘आरोप नै आरोप’ लगाउँदै सचिवालयमा प्रतवेदन पेश गरेपछि नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ ।

गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले उक्त राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

गत बुधबारको सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको प्रतिवेदनमा जवाफसहित तथ्यपरक प्रतिवेदन ल्याउने बताएका थिए ।

उनले आफूलाई प्रतिवेदन लेख्न समय लाग्ने बताएपछि सचिवालय बैठक आउँदो १३ गते सम्मका स्थगित गरिएको छ ।

ओलीले बुधबारको बैठकको सुरूवातमा सम्बोधन गर्दै प्रचण्डको प्रतिवेदनले झुठा र निकृष्ट लाञ्छना लगाइएको भन्दै सहेर नबस्ने चेतावनीसमेत दिएका थिए।

प्रचण्डको पछिल्लो अभिव्यक्तिले  नेकपाका दुई अध्यक्षबीचको विवाद झनै बल्झिने देखिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ५ : ४१ बजे

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो चिकित्सक लाइसेन्स परीक्षा तालिका

काठमाडौं– नेपाल मेडिकल काउन्सिल ले २०८३ सालमा सञ्चालन हुने चिकित्सक

देउवा दम्पत्तीविरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पुर्जी जारी

काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक

अमेरिका–इरान युद्धविरामपछि निर्णायक वार्ता पाकिस्तानमा

इस्लामाबाद- पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि निर्णायक वार्ता