नासाले समुद्री सतह नाप्ने भूउपग्रह आज प्रक्षेपण गर्दै « Khabarhub

नासाले समुद्री सतह नाप्ने भूउपग्रह आज प्रक्षेपण गर्दै


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  नासाले समुद्री सतह नाप्ने भू–उपग्रहको आज प्रक्षेपण गर्ने भएको छ ।  नासाको आधिकारिक वेभसाइटमा उक्त प्रक्षेपणको प्रत्यक्ष प्रसारण समेत गरिने जनाइएको छ ।

नासा र युरोपियन स्पेस एजेन्सीको संयुक्त प्रयासमा बनेको यो भू-उपग्रह अमेरिकाको क्यालिफोर्नियास्थित भ्यान्डेनबर्ग एयर फोर्स बेसबाट नेपाली समय अनुसार राति ११ बजे  प्रक्षेपण गरिने जनाइएको छ ।

पृथ्वीको सतह भन्दा ८३० माइलमाथि नेक्स्ट-जेनरेसन भू-उपग्रहले विश्वभरको समुद्री सतह नाप्ने जनाइएको छ ।

सेन्टिनेल-६ माइकल फ्रेलिच भू-उपग्रहले यसरी अन्तरिक्षबाट विश्वको समुद्री सतहलाई निरन्तर मापन गर्नेछ।

यो भू-उपग्रह स्पेस एक्स फाल्कन ९ रकेटमा प्रक्षेपण हुनेछ। कुनै परिस्थितिका कारण आज यो प्रक्षेपण नभए आगामी दिनमा प्रशस्तै सम्भावना भएको पनि जनाइएको छ।

अन्तरिक्षमा पुगेपछि यस भू-उपग्रहले पृथ्वीभन्दा ८३० माइलमाथिबाट आगामी साढे ५ वर्षसम्म समुद्री सतह नाप्नेछ।

गत ३० वर्षदेखि भू-उपग्रहमार्फत् पृथ्वीको समुद्री सतह नापिँदै आएको छ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ८ : २२ बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको

वैज्ञानिकको सक्रियताले कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ : मन्त्री चौधरी

पाटन– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

पर्वत– जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका