कसैले उचालेका केटाहरू आएर मेराविरुद्ध नाराबाजी गरे : पाण्डे « Khabarhub

कसैले उचालेका केटाहरू आएर मेराविरुद्ध नाराबाजी गरे : पाण्डे



काठमाडौँ— सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आफूमाथि चितवनमा भएको अभद्र व्यवहार गैरराजनीतिक भएको टिप्पणी गरेका छन् ।

शनिबार चितवनमा पार्टीको एक कार्यक्रममा पाण्डेले सम्बोधन गर्ने बेलामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यकर्ताहरूले कार्यक्रमस्थलमै नाराबाजी गरेका थिए । नाराबाजीपछि कार्यक्रम बिथोलिएको थियो ।

पाण्डे सहभागी कार्यक्रममा उनीमाथि भएको अभद्र व्यवहारमा संलग्नलाई कारबाही गर्न वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालले माग गरेका छन् ।

पाण्डेले बाग्मती प्रदेशमा मुख्यमन्त्रीका सल्लाहकार र प्रदेशकै मुख्यमन्त्रीका स्वकीय सचिवको नेतृत्वमा आएको समूहले नियोजितरूपमै कार्यक्रममा नाराबाजी गरेको बताएका छन् ।

प्रस्तुत छ, घटनाका सम्बन्धमा पाण्डेले खबरहबसँग गरेको कुरा जस्ताको तस्तै :

म बोल्दै थिएँ । म कार्यक्रममा सहभागी हुनका गएको एकछिनमा त्यहाँका मेयर प्रभा बराल आउनुभयो । उहाँसँगै ९/१० जना केटा पनि आएका थिए । उनीहरू एकैठाउँमा बसेका थिए । मेयर प्रभालाई उद्घोषकले आसन ग्रहण गर्न भने । ती केटाहरूले परर्र ताली पिटे । यी विषेश ढङ्गले आएका रहेछन् भन्ने देखिन्थ्यो ।

प्रभाले बोल्ने बेलामा पनि त्यस्तै गरी ताली पिटिरहेका थिए । अलिअलि कानेखुसी पनि गर्दै थिए । त्यसपछि अरूले बोल्दै जानुभयो । मेरो पालो आएपछि म व्याख्या गर्दै गएँ, कसरी कार्यदलले काम गर्‍यो, पार्टीभित्रका विभिन्न फाउण्डेसनहरूले पार्टीभित्र कसरी गुट सिर्जना भयो भन्ने विषयमा हामीले छलफल गरेर निष्कर्ष दियौँ, पार्टीले सर्कुलरमा पनि त्यो जारी गर्‍यो भनेर भन्दै थिएँ ।

उनीहरू उठेर जबज जिन्दावाद, राजनेता केपी ओली जिन्दावाद, मदन भण्डारी फाउण्डेसन जिन्दावाद, जबजलाई निमोठ्न पाइँदैन भन्दै नारा लगाउन थाले ।

ती केटाहरू राजनीतिक हैसियत भएका मानिसहरू होइनन् । चुनावमा स्वयंसेवक भएर हिँड्ने मान्छे मात्रै हुन् । जगन्नाथ थपलिया भनेका प्रदेशको मुख्यमन्त्रीको सल्लाहकार छन् ।

त्यहाँ प्रकाश कालाखेती, दावा लामासँगै हिँड्ने केदार आचार्य र दावा लामाको छोरा पनि थियो । उनीहरूले त्यहीँ नारा लगाउन थाले । अलिकति बोल्न पनि रोकियो । उनीहरू पनि बाहिर निस्के । भरतपुरमा अर्को कार्यक्रम पनि थियो, ११ः४० मा कार्यक्रम शुरु भएको थियो । कार्यक्रम अलि ढिला शुरु भयो । मेरो बोल्ने पालो पौने १२ बजेतिर आएको थियो ।

भरतपुरमा १ बजे मेरो अर्को कार्यक्रममा पनि जानुपर्ने भएकाले छोटो मन्तव्य दिन्छु भन्ने सोचेको थिएँ तर कार्यक्रममै नाराबाजी भयो ।

कार्यक्रममा सम्बोधन गर्दै नेता सुरेन्द्र पाण्डे

जो मानिसले नारावाजी गरे, उनीहरू खास नेतासँग जोडिएका र मानिस सामान्य भएपनि नेतासँग जोडिएका मानिस परे ।

तिनको बलबुता र बुद्धिले चल्ने खालका भन्दा पनि अरू कसैले उचालेर, उफारेर पठाएको भन्ने देखिन्थ्यो ।

त्यो राजनीतिक तरिका होइन, गैरराजनीतिक हो । ती आफैँ पार्टीको कुनै पनि कमिटीमा भएका मानिस नै थिएनन् ।

सामान्य समर्थक, चुनावमा हिँड्ने मानिसहरू थिए । ती कसैले उचालेर, भनेर पठाएको मानिस भन्ने बुझिन्थ्यो ।

त्यहाँ आउँदाखेरी नै आउने तरिका, ताली बजाउने तरिका र नारा लगाउने पनि केही छलफल गरेर तयारी गरेर आएको भन्ने बुझिन्थ्यो ।

यस्तो गैरराजनीतिक कुरा हो । राजनीतिका हाम्रा बहसका बारेमा न तिनलाई कुनै जानकारी छ, न कुनै ज्ञान छ । न तिनका विषय हुन् । तिनका सरोकारका मुद्दा होइनन् । अहिले उठिरहेको छलफलको कुरा बुझ्ने तिनको ल्याकत पनि छैन ।

प्रसङ्गवश कार्यदलमा भएका कुरा न तिनले बुझ्दथे । त्यो क्षमता भएका मानिसहरू नै थिएनन् ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  १० : ०८ बजे

आज २०८२ साल फागुन २० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २० गते बुधबार चैत

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक