अमेरिकामा कोरोना प्रभावितका लागि ९ खर्ब डलरको सहयोग प्याकेज « Khabarhub

अमेरिकामा कोरोना प्रभावितका लागि ९ खर्ब डलरको सहयोग प्याकेज


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको महामारीका कारण वित्त समस्यामा आएका नागरिकाका लागि राहत प्याकेज ल्याउने सम्बन्धमा अमेरिकी सांसदहरु अन्ततः सहमत भएका छन् ।

विगत केही महिनादेखिको खिचातानीपछि अमेरिकी सांसद ९ खर्ब डलर बराबरको राहत प्याकेज ल्याउन सहमत भएका हुन् ।

कोरोना भाइरसको महामारीका कारण प्रभावित भएका व्यापार, व्यवसाय सञ्चालन तथा बेरोजगारले पाउने सुविधा दिनका लागि रकम खर्च हुनेछ । यस्तै सर्वसाधारणलाई प्रदान गरिने खोप तथा विद्यालय पुनः सञ्चालनका लागि सहयोग गर्न पनि त्यसको प्रयोग गरिने उल्लेख छ ।

अबको ९ महिनासम्म सरकारी गतिविधि सञ्चालनका लागि यसअघि ल्याइएको १.४ ट्रिलियन डलर बराबरको कार्यक्रममा नयाँ प्याकेज थप भएको हो ।

यसअघि कोरोना भाइरसको महामारीबाट प्रभावितका लागि ल्याइएको राहत कार्यक्रमको समय सकिन लागेका बेला नयाँ प्याकेजमा सहमति जुटेको हो ।

यसअघिको राहत प्याकेज अन्त्य भएसँगै झण्डै एक करोड २० लाख अमेरिकी बेरोजगार भत्ताबाट वञ्चित हुने अवस्थामा पुगेका थिए ।

तल्लो सदन सिनेटका प्रतिनिधिहरुले नयाँ प्याकेजमाथि सोमबार मतदान गर्ने तयारी छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ९ : २४ बजे

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।