किसानलाई पाडी र भैंसी सुत्केरी भत्ता « Khabarhub

किसानलाई पाडी र भैंसी सुत्केरी भत्ता


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक-सिन्धुपलाञ्चोकका दुई पालिकाले किसानलाई पाडी र भैंसी सुत्केरी भत्ता वितरण गरेका छन् । कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका वडा नं ६ र ८ का किसानको आम्दानीमा वृद्धि गर्न सहयोग गर्ने उद्देश्यले किसानलाई ‘भैँसी सुत्केरी भत्ता’ वितरण गरिएको हो । पनौती नगरपालिका–१२ का किसानलाई भैंसीको पाडी वितरण गरिएको छ ।

गत वर्ष भैँसीलाई सुत्केरी भत्ता दिएको नगरपालिकाले यस वर्ष लक्षित किसान कार्यक्रमअन्तर्गत पनौती–१२ भूमेडाँडाका अति विपन्न २८ किसान परिवारलाई पाडी वितरण गरेको नगरपालिका कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । वडाको सिफारिसका आधारमा नगरपालिका पशुपक्षी शाखाले सो वितरण गरेको हो । नगरपालिकाबाट पाडी प्राप्त गर्ने किसानका लागि रु दुई लाख बराबरको दुर्घटना बीमा र पाडीको बीमा गरिएको छ ।

त्यसरी पाडी पाएका किसानलाई प्राविधिक जानकारीसहित एक दिने अभिमुखिकरण तालीम दिने जनाइएको छ । आर्थिक समृद्धि तथा किसानको जीवनयापनमा टेवा पुर्‍याउन सजिलो माध्यम भैँसीको पाडी भएकाले यस वर्ष उपहारस्वरुप पाडी वितरण गरेको नगर प्रमुख भीम न्यौपानेले बताए ।

नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ लाई भैँसी प्रवद्र्धन कार्यक्रम आधार वर्षका रुपमा लिएको छ । शाखाले गरेको अध्ययनका क्रममा लैनो भैँसी खरीदका लागि नगरपालिकाभित्रका किसानले वर्षेनी रु तीन करोडभन्दा बढी रकम बाहिर पठाउने गरेको पाइएपछि यो कार्यक्रम शुरु गरिएको जनाएको छ ।

त्यस्तै चौँरीदेउराली गाउँपालिकामा ‘किसानसँग गाउँपालिका’ कार्यक्रमअन्तर्गत गाउँपालिकाले भैँसीपालक किसानलाई भैँसी सुत्केरी भत्ता वितरण गर्न थालिएको छ । वडा नं ६ र ८ मा भैँसी सुत्केरी भत्ता वितरण गरिएको छ । सो क्रममा वडा नं ६ का ८० किसानलाई भत्ता वितरण गरिएको छ । सुत्केरी भएपछि प्रत्येक भैँसीले रु एक हजार ५०० का दरले भत्ता पाउने व्यवस्था गाउँपालिकाले गरेको छ ।

त्यस्तै वडा नं ८ का ३४ भैँसीपालक किसानलाई भैँसी सुत्केरी भत्ता वितरण गरिएको वडाध्यक्ष धनबहादुर तामाङले बताए । यसअघि वडा नं ५ का १८० किसानलाई भैँसी सुत्केरी भत्ता वितरण गरिसकिएको गाउँपालिकाले जनाएको छ ।

त्यससँगै गाउँपालिकाले भैँसीपालक किसान घुम्ती कोषसमेत स्थापना गरिएको हो । वडा नं ८ का किसानका लागि भैँसी किन्न सहयोग पुर्‍याउने उद्देश्यले भैसीपालक किसान घुम्ती कोष स्थापना गरेको हो ।

वडाध्यक्ष तामाङका अनुसार आर्थिक वर्ष २०७४/७५ मै वडाले रु पाँच लाखको उक्त कोष खडा गरेको र उक्त कोषमार्फत सो वडाका भैँसीपालक किसानले छदेखि आठ महिनाका लागि भैँसी खरिद गर्न आधा रकमबिना ब्याज ऋण पाउने भएका छन् ।

त्यसरी खरिद गर्ने किसानलाई कोषबाटै भैँसीको रु एक लाख बराबर निःशुल्क बीमाको समेत व्यवस्था गरिएको छ । वडा कार्यालयका अनुसार १३ भैँसीपालक किसान घुम्ती कोषबाट लाभान्वित भएका छन् ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १ : ४५ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित