प्रचण्ड-नेपाल पक्षीय सांसदको भेला सुरु « Khabarhub

प्रचण्ड-नेपाल पक्षीय सांसदको भेला सुरु


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदको भेला सुरु भएको छ ।

भेला नयाँबानेश्वरस्थित संसद भवन बीआईसीसीमा छ। बीआईसीसीको ल्होत्से हलमा सांसद भेला भएका छन् । भेलामा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि आजै प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पनि आफू पक्षीय नेतासँग बालुवाटारमा छलफल गरेका थिए ।

छलफलका क्रममा उनले प्रचण्डप्रति आक्रोश पोखेका थिए । पार्टी कब्जा गर्दै प्रधानमन्त्री बन्ने प्रचण्डको षडयन्त्र बुझेर आफूले यस्तो कदम चालेको बताएका थिए ।

आजै बिहान गृहमन्त्री रामबहादुर थापाले पनि आफू पक्षीय नेतासँग छलफल गरेका थिए । उनी ओलीले बोलाएको छलफलमा बालुवाटार गएका थिएनन् भने उनलाई भेट्न प्रचण्ड उनकै निवास पुल्चोक पुगेका थिए ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  २ : ०४ बजे

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत