संसद विघटन परिस्थितिको उपज : मुख्यमन्त्री राई « Khabarhub

संसद विघटन परिस्थितिको उपज : मुख्यमन्त्री राई



झापा– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रतिनिधीसभा विघटन परिस्थितिको उपजका रुपमा बुझ्नु पर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कारण सिर्जना भएको विषम परिस्थितिका कारण सो निर्णय लिन पुग्नु परेको उनको तर्क छ ।

प्रधानमन्त्री ओलीको गृहनगर झापाको दमकमा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले ओलीबाट मात्रै विकास र समृद्धीको यात्रा सम्भव हुने दावी समेत गरे । देशमा विकास र समृद्धीको लहर प्रधानमन्त्री ओलीकै कारण शुरु भएको र यसको अगुवाई पनि ओलीबाट मात्र सम्भव रहेको उनको भनाइ थियो ।

जैविक कृषि बजार भवन निर्माण शिलान्यासका क्रममा उनले राजनीतिक विषयमा छोटो मात्र धारणा राखे । बाँकी समय उनले अन्य विषयमा खर्चिएका थिए ।

संघीयताको कार्यान्वयनले नै नागरिकले विकासको महसुस गर्न पाएको उनको तर्क थियो । प्रदेश सरकारमार्फत समेत पूर्वाधार विकासलाई तिव्रता दिईएको भन्दै विगतको जस्तो निर्माण कार्य अलपत्र पार्ने, ढिलासुस्ती हुने क्रम पनि कम हुँदै गएको उनले बताए ।

चार करोडमा कृषि बजार

प्रदेश १ सरकार र दमक नगरपालिकाको करिव ४ करोड रुपैयाँको लागतमा कृषि उपज बजार स्थल निर्माण शुरु भएको हो । ५ करोड ७५ लाख ८० हजार रुपैयाँ लागत अनुमान गरिए पनि बजार स्थल भवन निर्माणका लागि ३ करोड ९२ लाख ४८ हजार रुपैयाँमा ठेक्का लागेको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले जानकारी दिए ।

गत कातिक १६ गते सम्झौता भएको भवन निर्माण २०७८ फागुन १६ मा पूरा हुनु पर्ने सम्झौता छ । सो संरचनाका लागि प्रदेश सरकारले २ करोड ७५ लाख र नगरपालिकाले १ करोड १७ लाख ४८ हजार रुपैयाँको साझेदारी गरेका छन् ।

दमकमा अग्यानिक तथा जैविक कृषि उपजको छुट्टै बजार सञ्चालनका लागि सो संरचना बनाउन शुरु गरिएको नगरप्रमुख रोमनाथ ओलीले जानकारी दिएका छन् । दमक–८ मा रहेको सरस्वती माविको जमिन लिजमा लिएर नगरपालिकाले अर्गानिक कृषि बजार सञ्चालन गर्न लागेको हो ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  २ : २० बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज