तपाईं भित्रका यी ५ खराब बानी जसले तपाईंलाई हानी पुर्याउँछ « Khabarhub

तपाईं भित्रका यी ५ खराब बानी जसले तपाईंलाई हानी पुर्याउँछ


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सबैले आफूलाई राम्रो भनुन् भन्ने हाम्रो चाहाना हुन्छ । यसकालागी हामी जे गर्न पनि तयार हुन्छौ । तर कतिपय अवस्थामा थाहै नपाई हाम्रो केहि बानीका कारण अरुको सामु हामी नराम्रो बनिदिन्छौ । यस्तो हुनुमा स्वंम् हाम्रो केहि बानीको खराबी हुनसक्छ ।

आज हामी हाम्रो व्यक्तित्वमा, प्रगतिमा, सम्बन्धमा बाधक बनाउने केहि बानी बारे चर्चा गर्नेछौ :

१. अर्काको दुखःमा रमाउने
हामीलाई मन नपरेको वा आफूलाई उछिनेर अघि बढेको मानिसको दुःखमा हामी रमाउने गर्दछौ । अर्थात अरुको हानी, समस्या वा नकारात्मक कुराबाट हामी आनन्द लिन्छौ । यस्तोमा यहि बानिले हाम्रो ब्यक्तित्वमा नकारात्मक असर पर्दछ । तसर्थ यदि कसैले अरुका बारेमा कुनै नराम्रो सुनाउँछ, नराम्रो भएको छ वा उसलाई अप्ठेरो परेको थाहा पाउनु भयो भने यसलाई चासोका साथ नलिनुहोस् । सहयोग गर्न मन नलागे वा नसके यस्ता बिषयबाट पर रहनुहोस् । तपाईं सकारात्मक बन्नुहोस् ।

२. आफूलाई अरुसँग तुलना गर्ने
कतिपय मानिस आफूलाई अरुसँग दाँजेर हेर्छौ । उसको जति प्रगती गर्न नसके, आफ्नो क्षमता उ जस्तो नभए वा सम्पती, रुप, अध्ययन, उचाई र सफलता नभए हामीमा आत्माग्लानी पैदा भइ दुःखी हुन्छौ । तर यसरी तुलना गर्दा हामी आफैलाई अगाडि बढ्नबाट रोक्छ । तसर्थ आफ्नै क्षमता, सिप र अवस्थामा खुसी हुन सक्नु पर्दछ ।

३. अरुमा भर पर्ने
कुनै सानो काममा पनि हामी अरुको भरमा पर्दछौ । कुनै कुराको जानकारी लिन, सामान ल्याउन लान, वा कुनै काममा अरुको सहयोग नभए हामी रिसाउने गर्दछौ । तर आफ्नो काममा अरुको भर पर्नु जस्तो नराम्रो केहि हुदैँन । यस्तो बानीले हामीलाई कहिल्यै आत्मानिर्भर बन्न दिदैन । तसर्थ संभव अनुसार आफ्नो काम आफै गर्ने बानीको विकास गरौं । यो कुरा निर्णय लिने बेलामा समेत लागु हुन्छ ।

४. पछुतो गर्ने
सबैलाई थाहा छ, बितेर गएको समय फर्केर आउँदैन । तर हामी जीवन जिउने क्रममा भएका गल्तीहरु सम्झेर पछुतो र बिलौना गर्दछौ । यो बानी सबैभन्दा घातक हुन्छ । तपाईं बितिसकेको कुरामा जति समय खर्चिनुहुन्छ त्यहि अघि बढ्नबाट रोकिनु हुन्छ । कमजोरीको आत्मबोध बाहेक बितेको कुरामा पछुतो गर्नु समाधान होइन । तसर्थ भएका गल्तीबाट पाठ सिकेर वा त्यसबाट थप उर्जा प्राप्त गरी थप अगाडि बढ्नुपर्छ ।

५. अनावश्यक बिषयमा अल्झिने
हरेक ब्यक्तिको जीवनमा एक लक्ष्य हुन्छ । तर अधिकाशं हामी लक्ष्यभन्दा बाहिरको अनावश्यक कुरामा समय बर्बाद गरिरहेका हुन्छौं । लक्ष्य अनुसारको काम तल्लिन रहँदा समेत हामी कतै कोहि भेटिए गफिने, मोवाइलमा घण्टौ बर्बाद गर्ने वा सुतेर समय बर्बाद गर्छाै । यो बानीले तपाईंले कहिल्यै सफलता पाउनु हुन्न । तसर्थ आफ्नो काममा केन्द्रित हुने, स्पष्ट लक्ष्यका साथ अघि बढ्ने गरेमा जीवन सहि दिशातर्फ बढ्दछ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १२ : २५ बजे

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि

साउन १ देखि ललितपुरमा घरमै डाक्टर, नर्स र औषधिसहितको स्वास्थ्य सेवा

ललितपुर– ललितपुर महानगरपालिकाले आगामी साउन १ गतेदेखि घरमै स्वास्थ्य सेवा