‘मेरो राजनीतिक चरित्र हत्या गर्न खोजियो’ « Khabarhub

‘मेरो राजनीतिक चरित्र हत्या गर्न खोजियो’


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिक चरित्र हत्या गर्न खोजिएको बताएका छन् ।

प्रतिनिधिसभा विघटन र उत्पन्न परिस्थिति तथा भावी दिशाका बारेमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्तावका नाममा आफ्नो चरित्र हत्या गर्न ‘अभियोगपत्र’ पार्टी बैठकमा लगिएको प्रष्ट्याए ।

सरकारले राम्रो काम गर्दा गर्दै पनि विपक्षी दललाई पनि उछिनेर आफ्नै पार्टीका नेताहरूबाट सरकारलाई असहयोग गरिएको जनाए ।

सरकारले आफ्नो पूर्ण भूमि समेटर नयाँ नक्सा जारी गरेको, अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर बनाउँदै अघि बढाएको तथा चीनसँग पारबहन सुविधा विस्तार गरिएकोमा उल्टो अविश्वास प्रस्ताव ल्याएर सरकारलाई अपदस्त गर्न खोजिएको उनले बताए ।

पहिलो पटक आफू प्रधानमन्त्री हुँदा भारतको नाकाबन्दी डटेर लागिपर्दा उल्टै सरकार अपदस्थ गरिएको स्मरण गर्दै ओलीले भने, ‘परस्थिति र समय सन्दर्भ फरक भए पनि पात्रहरू उनै हुन् । के यसले हाम्रा कतिपय नेताहरू नेपाललाई अनन्त अस्थिरतामा धकेल्न लागि परेको स्पष्ट हुन्न र ?’

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ३ : ३५ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।