एक दानो कागतीको यति धेरै फाइदा ? « Khabarhub

एक दानो कागतीको यति धेरै फाइदा ?


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कागती बहुउपयोगी फलफुल मध्ये एक हो । यो नेपालको जुनसुकै भागमा सजिलै पाउन सकिन्छ । यद्यपी यसलाई फलका रूपमा भन्दा पनि सर्वत वा अचार बनाउन प्रयोग गरीन्छ । कागतीका अनगिन्ती फाइदा छन् । आज हामी कागतीका यीनै फाइदाबारे चर्चा गर्नेछौ ।

१. खानामा केही थोपा कागतीको रस हालेर खाएमा यसले खानाको स्वाद बढाउँछ ।
२. कागतीको सेवनले अपच र कब्जियतमा लाभ प्राप्त हुन्छ ।
३. यसको सेवनले रगत शुद्धिकरण गर्ने र शरीरका अन्य विकार समेत हटाउँछ ।
४. कागतीलाई सफा पानीमा निचोरेर खाएमा शरीरमा ऊर्जा प्राप्त हुन्छ ।
५. पिसेको पुदिनाको पातलाई कागती पानीमा मिसाएर खाएमा शरीर शितल हुन्छ ।
६. कागतीको प्रयोगले दाँतको हेरचाह र सुरक्षामा समेत लाभ पुर्याउँछ ।
७. दाँत दुखेको ठाउँमा कागतीको रस राख्दा यसले दाँत दुखाइलाई कम गर्दछ ।
८. गिजामा कागतीको रसले हल्का मसाज गरेमा गिजाबाट रगत आउने समस्या रोकिन्छ ।
९. कागतीको जुस खादाँ मुख गन्हाउने समस्याबाट समेत मुक्ति पाउन सकिन्छ ।
१०. दाँतको सफाईमा कागतीको प्रयोग लाभदायी हुन्छ । तर चाडैं कुल्ला गर्नु पर्दछ ।
११. कपाल चम्किलो बनाउन र यसको सुरक्षामा कागतीको रस उपयोगी हुन्छ ।
१२. कपालको जरामा कागती लगाउनाले चायाँ र कपाल खस्ने समस्यामा लाभ मिल्दछ ।
१३. पोलेको भागमा तत्काल कागतीको रस दल्ने हो भने फोका उठ्दैन ।
१४. पोलेको घाउमा कागतीको रस नियमित लगाउँदा दाग निको भएर जान्छ ।
१५. मोटोपना कम गर्नमा समेत कागतीको सेवन उपयोगी हुन्छ ।
१६. हैजा र मलेरिया रोगमा समेत कागतीको सर्वतको सेवन लाभदायी हुन्छ ।
१७. तातो पानीमा कागतीको रस हालेर पैताला डुबाउँदा खुट्टा दुखाई निको हुन्छ ।
१८. मनतातो पानिमा कागतीको रस हालेर नुहाएमा शरीरको दुखाई समेत कम हुन्छ ।
१९. शरीरमा आएका गिर्खा र मासुका डल्लालाई कागतीको रसले बिस्तारै हटाउँछ ।
२०. नियमित कागतीको सर्वत पिउनेलाई पत्थरीको समस्या कम हुन्छ ।
२१. घाँटीमा हुने संक्रमण, घाँटीको खरावी र दुखाईमा कागतीको सर्वत उपयोगी हुन्छ ।
२२. मुटुका समस्या भएका व्यक्तिलाई समेत कागतीको सर्वत अति उपयोगी हुन्छ ।
२३. कागतीमा पोटासियम तत्व हुने भएकाले उच्च रक्तचापमा नियन्त्रण ल्याउँछ ।
२४. कागतीको सेवनले वाकवाकी लाग्ने, टाउको दुखाईमा नियन्त्रण गर्दछ ।
२५. मानसिक तनाव नियन्त्रण गर्न पनि कागतीको सर्वतको सेवन उपयोगी छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ११ : ३६ बजे

त्रिशूलीमा बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसले त्रिशूली नदीमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख

क्वारेन्टिनमा कडाइ गर्दा स्वदेशी केराको माग बढ्यो

चितवन– सरकारले ‘क्वारेन्टिन’मा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि

पूर्वाधारमा बालेनका वाचा : झापा–५ का अधुरा योजना डेडलाइन तोकेरै सम्पन्न गर्ने 

काठमाडौं- झापा–५ का उम्मेदवार बालेन्द्र शाहले त्यस क्षेत्रका अधुरा योजना

काठमाडौं-५ का कांग्रेस उम्मेद्वार पौडेलको प्रतिबद्धता : मेडिकल हबदेखि डिजिटल इनोभेसन हबसम्म 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा

चार वर्षअघि एमाले छाडेका नेता भण्डारी एमालेमै फर्किए

दोलखा– नेकपा एमाले विभाजित भएपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका