काठमाडौँ– संसद विघटनविरुद्ध जनता समाजवादी पार्टीले आगामी बुधबार देशव्यापी प्रदर्शन गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको आरोप लगादउँदै जसपाले पुस ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
जसपाले थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न भोलि केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि बोलाएको छ ।
प्रतिक्रिया