तत्काल संसद बैठक बोलाउन प्रचण्ड-नेपाल समूहको माग (भिडियोसहित) « Khabarhub

तत्काल संसद बैठक बोलाउन प्रचण्ड-नेपाल समूहको माग (भिडियोसहित)


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको प्रचण्ड–माधव पक्षका सांसदहरुको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन अस्वीकार गर्ने र तत्काल संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।

बैठकले संविधान बमोजिम संसद बैठक बोलाउने समय भईसकेकोले संसद अधिवेशन बोलाउन माग गरेको नेकपाका प्रमुख सचेतक देव गुरुङले बताए ।

हेरौँ भिडियो

बैठकले संविधान अनुसार प्रतिनिधि सभालाई विघटन गर्ने अधिकार प्रधानमन्त्रीसँग नभएको ठहर गर्दै विघटन गर्ने कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै संसदको नियमित कार्य अघि बढाउन माग गरेको हो । अहिलेको परिस्थितिमा एकताबद्ध हुन सबैमा आह्वान गरेको प्रमुख सचेतक गुरुङले बताए ।

‘प्रधानमन्त्रीले जनमतको अपमान हुने तथा देशलाई अनिश्चयको भुमरीतर्फ धकेल्ने गरी गरेको प्रतिनिधिसभाको बिघटनको सिफारिशलाई संरक्षण गर्नुपर्ने संवैधानिक कर्तव्य भएका राष्ट्रपति समेत त्यसतर्फ कुनै संवेदनशील नरहेको प्रति यो संसदीय दल विरोध गर्दछ र उहाँको कार्यलाई अस्वीकार गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संसदको अधिवेशन अबिलम्ब आव्हान गर्न यो बैठक माग गर्दछ ।’

संसद विघटनको कदमविरुद्ध थप निर्णय गर्न सांसदहरुको अर्को भेला बुधबार बस्ने जनाएका छन् ।

यस्तो छ प्रस्ताव

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ५ : ५७ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।