मन्दिर खुलेसँगै पशुपतिनाथ क्षेत्रमा चहलपहल बढ्यो | Khabarhub Khabarhub

मन्दिर खुलेसँगै पशुपतिनाथ क्षेत्रमा चहलपहल बढ्यो


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुलेसँगै भक्तजनको चहलपहल बढ्न थालेको छ । पुस महिनाको चिसोमा पनि भक्तजन बिहानैदेखि दर्शन गर्न आउन थालेका छन् ।

भक्तजनलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मन्दिर प्रवेश गर्ने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । नौ महिनादेखि भेटीघाटी शून्य रहेको दानपेटिकामा पुस ५ गतेसम्म रु तीन लाख ८२ हजार ८०६ जम्मा भएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए ।

पशुपतिनाथ मन्दिरमा दैनिक करिब तीन हजार भक्तजनले दर्शन गर्न थालेका छन् । सोमबार र शनिबार बढी भक्तजनको भीड लाग्ने गरेको छ ।

हाल बिहान ६ बजेदेखि एक बजेसम्म मात्र भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गरिएको पनि उनले बताए ।

मन्दिर खुलेसँगै पशुपति क्षेत्रका फूल प्रसाद व्यवसायी पनि सक्रिय हुन थालेका छन् । नौ महिनासम्म फूल प्रसाद व्यवसायी पसल बन्द गरेर बसेका थिए । चिसोसँगै पशुपति क्षेत्रमा टहल्ने र घाम ताप्नेको सङ्ख्या पनि बढ्न थालेको छ ।

पुसमा विशेषगरी पशुपति क्षेत्रको सूर्यघाटमा पूजा एवं दर्शन गर्न आउने भक्तजनको भीड लाग्ने गरेको छ । हाल सूर्यघाटमा जान सहज बाटो नभएकाले असहज भएको भक्तजनको गुनासो छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ७ : ४१ बजे

जकार्ताको तेल कारखानामा आगलागी हुँदा नौ जनाको मृत्यु, चार घाइते

एजेन्सी– शनिबार इन्डोनेसियाको जकार्ता सहर नजिकैको खाना पकाउने तेल कारखानामा

वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौँ : मन्त्री यादव

वीरगञ्ज – खानेपानीमन्त्री प्रदीप यादवले समाजका हरेक नागरिकलाई आधारभूत सुविधा

फोटो पत्रकार रजेन्द्र केसीको क्यान्सरबाट अमेरिकामा निधन

काठमाडौं : नेपालका चर्चित फोटोपत्रकार रजेन्द्र केसीको अमेरिकामा उपचारका क्रममा

लक्ष्मी पूजाको दिन चलचित्र ‘सत्यवीर’ निर्माणको घोषणा

काठमाडौं- यमपञ्चकअन्तर्गत लक्ष्मी पूजाको अवसरमा चलचित्र ‘सत्यवीर’ निर्माणको घोषणा गरिएको

‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ लाई ६० हजार युरो अनुदान

काठमाडौं– निर्माणाधीन नेपाली कथानक चलचित्र ‘एक मुठ्ठी बादल : माई