संविधान विरोधी सरकारको कदमको राप्रपाले प्रतिरोध गर्छ : अध्यक्ष थापा « Khabarhub

संविधान विरोधी सरकारको कदमको राप्रपाले प्रतिरोध गर्छ : अध्यक्ष थापा


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनको कदमविरुद्ध जनतामाझ गएर संघर्ष गर्ने बताएका छन ।

सोमबार काठमाडौंमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै उनले कम्युनिष्टले जनतामाथि कुठाराघात गरेको आरोप लगाए ।

राप्रपाले संविधान विरोधी सरकारको कदमको प्रतिरोध गर्ने उनको भनाइ थियो ।

उनले प्रधानमन्त्री केपी ओली सरकारको कदमविरूद्ध जनसंघर्ष गर्दै राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने बताए ।

राप्रपाका अर्का अध्यक्ष पशुपति शम्भेर राणाले संविधानको कुनै दफा प्रयोग नगरि सरकारले संसद विघटन गरेको आरोप लगाए ।

उनले मन्त्रीपरिषद्ले सिफारिस गरे पनि राष्ट्रपतिले कुनै छलफल नै नगरी त्यसलाई पारित गर्नु दुर्भाग्य भएको टिप्प्णी गरे ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ८ : ०० बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १