बाइडेनले लगाउने भए कोरोनाविरुद्धको खोप « Khabarhub

बाइडेनले लगाउने भए कोरोनाविरुद्धको खोप


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । उनले सोमबार टेलिभिजनको प्रत्यक्ष प्रसारणमा समेत आफू खोप लगाउने तयारीमा रहेको जानकारी दिएका थिए ।

मोडर्नाले उत्पादन गरेको खोप उनले अमेरिका ल्याएकै दिन लगाउने घोषणा गरेका हुन् । अमेरिका ल्याइएको यो दोस्रो खोप हो ।

अमेरिकामा यसअघि फाइजरको खोप लगाउन थालिएको थियो । कोरोनाभाइरसबाट मानवीय क्षति र प्रभावितको दृष्टिकोणले अमेरिका सबैभन्दा अगाडि रहेको छ ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोभाइरसबाट सङ्क्रमित भएका तीन लाख १७ हजारभन्दा बढी मानिसको अमेरिकामा मृत्यु भएको छ ।

“मैले अरुले भन्दा अगाडि लगाउनु पर्ने चाहना राखेको त होइन, तर लगाएको देखाएर सबै अमेरिकीलाई यो सुरक्षित छ र लगाउनु पर्छ भन्ने सन्देश दिनका लागि मात्रै लगाउन खोजेको हुँ,” उनले भने ।

अमेरिकामा उच्च सरकारी अधिकारीहरूलाई कोरोनाभाइरस विरुद्धको खोप दिने अभियान अघिल्लो हप्तादेखि चलाइएको हो । यो अभियान अमेरिकी इतिहासमै सबैभन्दा ठूलो अभियान भएको बताइएको छ ।

उपराष्ट्रपति माइक पेन्स, सभामखु नान्सी पेलोसी, सिनेटमा बहुमत भएको दलका नेता मिच म्याककोनेल लगायतले गत शुक्रबार लगाएका थिए ।

उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिस र उनका श्रीमान्ले भने अर्को हप्ता खोप लगाउने अपेक्षा गरिएको छ ।

विशिष्ट धेरै व्यक्तिहरूले खोप लगाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने लगाएका छैनन ।

कोरोनाभाइरसबाट सङ्क्रमित भई निको भइसकेका अरु धेरैले लगाए पनि उनले भने अहिलेसम्म खोप नलगाएको जनाइएको छ ।

सरकारी अधिकारी तथा चिकित्सकहरूले भने उनले पनि खोप लगाउनु पर्नेमा जोड दिने गरेका छन् ।

खोप र मास्कका बारेमा गलत व्याख्या गर्दै आएका ट्रम्पले अघिल्लो महिना नै आफूले खोप नलगाउने बताएका थिए । उनले अहिले पनि यसबारेमा चिकित्सकहरूसँग परामर्श गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ८ : ४७ बजे

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा