राष्ट्रिय जनमोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता « Khabarhub

राष्ट्रिय जनमोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सोमबार बसेको बैठकले संसद विघटनको कदम असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी भएको उल्लेख गर्दै समर्थन फिर्ता लिएको हो ।

अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गरी सरकारको उक्त कदमको भर्त्सना गरेका छन् ।

जारी विज्ञप्तिमा भनिएको छः ‘हामीले ओली नेतृत्वको सरकारलाई विगतमा त्यसले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका विषयमा लिएको अडानका कारणले समर्थन गरेका थियौँ । तर त्यसको प्रतिनिधिसभा विघटन गर्ने गलत काम र त्यसले स्वयं गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि पार्ने प्रतिकूल स्थितिमाथि विचार गरेर ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौँ ।’

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ९ : २३ बजे

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ