काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर हाल ३३६ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार २७९ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ भने ५७ जना भेन्टिलेटरमा छन् ।
सोमबारको तथ्यांक अनुसार प्रदेश १ मा २० जना आईसीयूमा र ४ को भेन्टिलेटरमामा उपचार भइरहेको छ ।
त्यस्तै प्रदेश २ मा ७ जना आईसीयूमा र ४ को भेन्टिलेटरमा उपचार भइरहेको छ भने बागमती प्रदेशमा ११२ जना आईसीयूमा तथा ३२ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी गण्डकी प्रदेशमा ८१ जना आईसीयू छन् भने १० को भेन्टिलेटरमा उपचार भइरहेको छ । लुम्बिनी प्रदेशमा ५० जना आईसीयूमा छन भने ४ भेन्टिलेटरमा उपचार भइरहेको न्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ५ जना आईसीयूमा र ३ को भेन्टिलेटरमा उपचार भइरहेको छ भने सूदुरपश्चिम प्रदेशमा ४ जनाको आइसियुमा उपचार भइरहेको छ ।
प्रतिक्रिया