कुष्ठरोग निवारण अभियानमा बेल्जियमकी राजकुमारीको साथ « Khabarhub

कुष्ठरोग निवारण अभियानमा बेल्जियमकी राजकुमारीको साथ


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुष्ठरोग निवारणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने अभियानलाई बेल्जियमका राजकुमारी अस्ट्रिडले साथ दिएकी छिन् ।

एक साताका लागि नेपाल आएकी राजकुमारी अस्ट्रिडले डामिन फाउण्डेशनले गरेको कुष्ठरोग बारेको सेमिनारमा सहभागी भएकी हुन् ।

विश्व कुष्ठरोग दिवसको उपलक्षमा फाउण्डेशनले गरेको कार्यक्रममा सम्बन्धित विज्ञले कार्यपत्र प्रस्तुत गर्नुका साथै कृष्ठरोग निवारणका लागि भइरहेका प्रयासबारे जानकारी गराएका थिए ।

कार्यक्रममा कुष्ठ रोगबाट पीडित बुटवलकी शावित्रि श्रेष्ठ र छयरोगको समस्याको उपचाररत धनुसाका चन्द्रप्रकाश यादवले आफ्नो कथा व्यथा सुनाएका थिए । उक्त प्रस्तुतीलाई बेल्जियमकी राजकुमारीले चासोपूर्वक लिइन् ।

प्रोफेसर मधुसुधन सुवेदीले कुष्ठरोग निवारणसम्बन्धी नेपालको प्रगतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए । फाउण्डेशनका देशीय प्रतिनिधि डा सुशील कोइरालाले फाउण्डेशनले कुष्ठरोग र छयरोग निवारणसम्बन्धी जनचेतना अभिवृद्धिका साथै औषधि उपचारको लागि पहलकदमी गर्दै आएको जानकारी दिए ।

पाँच प्रदेशका १६ जिल्लामा यस्ता कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । आगामी जनवरी ३० गते विश्व कुष्ठरोग दिवस मनाइँदैछ ।

विश्वमा हरेक दिन ६०० कुष्ठ रोगी पत्ता लागेको बताइन्छ । आधुनिक चिकित्सा विज्ञानले कुष्ठरोगीको उपचार गर्न सकिन्छ तर अझै पनि कुष्ठरोगी भएका समाजमा अपहेलित हुने गरेका छन् ।

नेपाललाई सन् २०२० सम्म पूर्ण रुपले कुष्ठ रोग निवारण देश बनाउने सरकारको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ६ : ०० बजे

राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशमा दुई सिटका लागि छ जनाको उम्मेदवारी

बागमती – यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

काठमाडौंको शङ्खरापुरमा बस दुर्घटना

काठमाडौं – काठमाडौंको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना भएको छ

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित