१० खेलाडीमा सीमित आर्सनलले चेल्सीसँग अंक बाँड्यो « Khabarhub

१० खेलाडीमा सीमित आर्सनलले चेल्सीसँग अंक बाँड्यो


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ईङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले २ -२ गोलको बराबरी खेलेका छन् ।

मंगलबार राति लण्डन डर्बीमा भएको खेलमा १० खेलाडीमा सीमित भएको आर्सनलबिरुद्ध पनि चेल्सी अंक बाढ्न बाध्य भयो ।

२६ औ मिनेटमा डेबिड लुईस रातो कार्ड खादै मैदान बाहिरिएपछि १० खेलाडीमा सीमित बनेको आर्सनलले चेल्सीलाई स्पष्ट ३ अंकसहित तालिका सुधार्ने अवसर टारिदिएको हो । २८ औं मिनेटमा जोर्गिन्होको पेनाल्टी गोलबाट पहिलो हाफ आफ्नो पक्षमा पारेको चेल्सीले त्यसलाई कायमै राख्न नसक्दा स्पष्ट जीत निकाल्न नसकेको हो ।

दोस्रो हाफमा आर्सनलका ग्याब्रियल मार्टिनेलीले गोल गर्दै घरेलु टोली चेल्सीको अग्रतामा धक्का दिए ।

खेलको ८४ औं मिनेटमा कप्तान समेत चेल्सीका सिजर एजिपिलिकुएटाले गोल गर्दै टोलीलाई जति नजिक पुर्‍याए । तर त्यसको तीन मिनेटपछि हेक्टर बेलरिनले डिबक्स बाहिरबाट गोल गर्दै आर्सनललाई खेल २-२ गोलको बराबरीमा पुर्‍याए ।

बराबरीसंग चेल्सी २४ खेलको समाप्तिसँगै ४० अंक सहित तालिकाको चौथो स्थानमा रहँदा समान खेल खेलेको आर्सनल ३० अंकका साथ दशौं स्थानमा छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ९ : ०० बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको