गौरीगञ्ज गाउँपालिकाका २८ छात्रालाई साइकल प्रदान « Khabarhub

गौरीगञ्ज गाउँपालिकाका २८ छात्रालाई साइकल प्रदान


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- माध्यमिक शिक्षा (११–१२ कक्षा) अध्ययन गर्ने छात्राहरुलाई गौरीगञ्ज गाउँपालिकाले साइकल वितरण गरेको छ ।

गाउँपालिका–२ मा रहेको कोरोबारी माध्यमिक विद्यालयमा अध्ययनरत २८ छात्रालाई गाउँपालिकाले साइकल वितरण गरेको हो ।

विद्यालय जान आउन सहज होस् भन्दै वडा नं. २ को बजेटबाट माध्यमिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि साइकल वितरण गरिएको वडा सचिव गोविन्द राजवंशीले जानकारी दिए ।

‘दुई लाख बजेट विनियोजन गर्दै सबै छात्रलाई साइकल वितरण गरिएको हो’, उनले भने, ‘आदिवासी समुदायको बाहुल्य रहेको यस ठाउँका कतिपय विद्यार्थीले विद्यालय टाढा भएर पनि पढाइ छाड्ने गरेकाले पढाइप्रति प्रोत्साहन गर्न छात्रालाई साइकल वितरण गरिएको हो ।’

गाउँपालिकाभित्र बसोबास गर्ने कोही पनि विद्यार्थी पढाइबाट वञ्चित नहुन् भन्दै गाउँपालिकाले पहिलो पटक साइकल वितरण गरेको वडाध्यक्ष अघनुप्रसाद राजवंशीले बताए ।

यसअघि हल्दिबारी गाउँपालिकाले माध्यमिक शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीको शुल्क गाउँपालिकाले तिर्ने गरेको छ । उत्कृष्ट र जेहेन्दार विद्यार्थीका लागि गाउँपालिकाले एक/एक थान ल्यापटपको समेत व्यवस्था गरेको छ भने सबै विद्यालयलाई प्रविधिमैत्री बनाएको छ ।

त्यस्तै झापा गाउँपालिकाले कक्षा आठदेखि माथि अध्ययन गर्ने सबै छात्रालाई एक/एक थान साइकल प्रदान गरेको छ भने उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीको मासिक शुल्क आफैँ प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १० : २३ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु