अब काठमाडौंका यी सडकमा दायाँतर्फ सवारी मोड्न नपाइने, ११ ठाउँमा ओभरहेड ब्रिज राखिने | Khabarhub Khabarhub

अब काठमाडौंका यी सडकमा दायाँतर्फ सवारी मोड्न नपाइने, ११ ठाउँमा ओभरहेड ब्रिज राखिने



काठमाडौं– सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि विभिन्न योजना ल्याएको छ ।

गत पुस १५ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट पारित भएर कार्यान्वयन चरणमा पुगेको योजनाको नाम ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ राखिएको छ ।

कार्ययोजना चालूआर्थिक वर्षको अन्त्यसम्म (६ महिनाभर) चल्ने छ भने जीम्मेवारी पाएका निकायले काम धमाधम शुरु गरिसकेका छन् ।

कार्ययोजनाका अनुसार क्षेत्रपाटीबाट जेपी स्कूल आउने भगवती मन्दिरबाट वैशाली होटल जाने बाटोमा चारपांग्रे सवारीलाई निषेध गरिने भएको छ ।

त्यस्तै उपत्यकाका बढी ट्राफिक जाम हुने १० स्थानमा अब सवारी चालकले एकतर्फी अर्थात् ‘वान वे’ का रुपमा मात्र सवारी चलाउन पाउने छन् ।

त्यस्तै बागबजारबाट पुतलीसडकतर्फ, कुमारीमोडबाट कमलादीतर्फ, पद्मोदयमोड बिजुलीबजार सिंहदरबार दक्षिणगेटबाट माइतीघर जाने बाटोमा दायाँतर्फ मोड्न निषेध लेखिएका बोर्डहरु राखि ट्राफिक व्यवस्थापनमा कडाइ गर्न लागिएको छ ।

उपत्यकाको सडक व्यवस्थापन र जाम कम गर्न थप १ सय २४ स्थानमा सीसीटिभि तथा मोवाइल सिसि क्यामेरा जडान गर्ने योजना बनाइएको छ । हाल उपत्यकाभित्रका विभिन्न १ हजार ७ सय स्थानमा सीसीटिभि क्यामेरा जडान गरिएको छ ।

त्यस्तै चालुआर्थिक वर्षभित्रै १४ स्थानमा ट्राफिक बत्ती जडान गरिने भएको छ । जसअन्तर्गत काठमाडौंका ६ स्थान भक्तपुर र ललितपुरका ४–४ स्थानमा बत्ती जडान गरिने महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले जानकारी दिए ।

‘सहरका चोकमा ट्राफिक बत्ती बल्दा पैदलयात्रु र ट्राफिक प्रहरी दुवैलाई फाईदा पुग्छ’ उनले भने, ‘ट्राफिक बत्ती बल्न थालेपछि चोकमा प्रहरीको संख्या कम भए पनि पुग्छ ।’

बानेश्वर, गौशला, सिंहदरवार, तिनकुने, केशरमल, त्रिचन्द्र, कालीमाटी, थापाथली, त्रिपुरेश्वर लगायतका स्थानमा पैदल यात्रुका लागि ट्राफिक बत्ती (पेटेसटेन) मर्मत गर्ने र थप्ने योजना रहेको छ ।

उनकाअनुसार पेडेस्ट्रिअन लाइट (पैदलयात्रुका लागि) उपत्यकाका १६ स्थानमा तत्काल आवश्यक रहेको छ भने हाल १० स्थानमा रहेका छन् तीमध्ये कतिपय बिग्रिएका छन् ।

त्यस्तै सडक विभागको हकमा यही माघ महिनाभित्र उपत्यकाका सडकमा भएका खाल्डाखुल्डी पुर्नुपर्ने छ ।

त्यस्तै कोटेश्वरको जाम चालु आर्थिक वर्षमा हटाउने गरी कामको शुरु हुने भएको छ । दाँया २ लेन र बाँया १ लेन गरी तीन लेन थप्ने योजना उक्त कार्ययोजनामा राखिएको छ ।

वृहत योजनाअन्तर्गत उपत्यकामा अवैधानिक रुपमा सञ्चालन भइरहेका १८ वटा पेट्रोल पम्प अन्यत्र सार्नेदेखि ११ वटा स्थानमा ओभरहेड ब्रिज राखिने भएको छ ।

त्यस्तै सवारी चालकले अनाधिकृत रुपमा पार्किङ गरी सवारी जाम बढ्ने गरेकाले महानगरपालिकालाई भइरहेका पार्किङलाई व्यवस्थित गर्न र थप पार्किङ क्षेत्र बनाउने र सडक फुटपाथलाई व्यवस्थित बनाउने समेत उक्त कार्ययोजनामा समेटिएको छ ।

कार्ययोजनामा नदी करिडोरको निर्माणमा तीव्रता दिने, जथाभावी होडिङ बोर्ड र पोल हटाउने, सार्वजनिक सवारी साधनका लागि तोकिएको पिक एण्ड ड्रपलाई व्यवस्थित बनाउने, युटर्न गर्न नदिने, वान वे बढाउने, रेलिङ निर्माण गर्ने, जेब्राक्रस मर्मत तथा नयाँ निर्माण गर्ने, सडक लेनको मार्किङ गर्ने लगायतका विषयलाई समेटिएको छ ।

कार्ययोजनामा कुन निकायले कति समयमा जीम्मेवारभित्र रहेका काम सम्पन्न गर्ने भन्ने बारे पनि तोकिएको बताउँदै ढकाल भन्छन्, ‘सबै निकायका लागि काम सम्पन्न गर्ने समय तोकिएको छ । यो आर्थिक वर्षभित्र सम्पुर्ण योजना सम्पन्न गर्ने गरि कतिपय योजना कार्यान्वयनतर्फ लागिसकेका छन् ।’

प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालय, सडक विभाग, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखालगायत सरोकारवाला निकायलाई कार्ययोजना तोकिएको समय सीमाभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ११ : २२ बजे

विश्वकर्मा पूजाका लागि मूर्तिहरू तयार (तस्बिरहरू)

काठमाडौं– भोलि पर्न गइरहेको विश्वकर्मा पूजाका लागि माटोका मूर्ति बनाउने

अर्थमन्त्रीद्वारा निजी क्षेत्रसँग छलफल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्

निषेधाज्ञा हटाएपछि जनजीवन सामान्य

सुदूरपश्चिम– जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा आजदेखि हटाएको

निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

काठमाडौं– प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति

बिर्तामोड नगरपालिकामा सरसफाइ

बिर्तामोड– जेन-जी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको बिर्तामोड नगरपालिका कार्यालयमा आजदेखि