भारतीय समीक्षकले माफी मागेपछि दीपकराजले भने – हाम्रा समीक्षकले कहिले बुझ्ने ? « Khabarhub

भारतीय समीक्षकले माफी मागेपछि दीपकराजले भने – हाम्रा समीक्षकले कहिले बुझ्ने ?


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता तथा अभिनेता दीपकराज गिरीले बेलाबेलामा नेपाली समीक्षकतर्फ कटाक्ष गर्ने गर्छन् । नेपाली समीक्षकले आफूलाई मन परेका फिल्म मात्र फिल्म हुन् भन्ने गरेको आरोप गिरीले लगाउने गरेका छन् ।

हालै भारतीय फिल्म ‘तान्हाजी’ ले बक्सअफिसमा करोडौंको व्यापार गरेपछि भारतीय समीक्षक कमल आर खानले माफी मागेका छन् । यसअघि उनले यो फिल्म राम्रो नभएको भन्दै त्यहीअनुसारको समीक्षा गरेका थिए ।

फिल्मले कमाइ गरेपछि उनले ट्वीटरमा एक स्टाटस लेख्दै भनेका छन्, ‘फिल्मले २५० करोड कमाउने छ, यदि दर्शकले फिल्म मन पराएका छन् भने मेरो समीक्षाका लागि माफी चाहन्छु ।’

यही माफी मागेको विषयलाई लिएर निर्माता गिरीले जनता यत्तिकै हल नजाने औँल्याएका छन् ।

‘जनता हलमा त्यत्तिकै जान्न यदि चलचित्रमा हेर्ने कुरा केही छैन भनेर समीक्षकले लेख्छ, तरर दर्शकले त्यो कुरामा सहमत हुन्न र फिल्म सुपरहिट हुन्छ भने समीक्षकले माफी माग्नुपर्छ,’ गिरीले भनेका छन् ।

उनले जुन फिल्मले दर्शकलाई हलबाट खुशी बनाएर घर पठाउँछ, त्यही फिल्म राम्रो भएको दाबी गरेका छन् । ‘मैले बुझेको फिल्म मात्र फिल्म हो भन्ने घमण्ड नेपालमा मात्र हो,’ उनको भनाइ छ ।

उनले नेपाली समीक्षकले पनि यो कुरालाई बुझ्न जरुरी भएको धारणा राखेका छन् ।

नेपालमा यसै पनि राम्रा फिल्म बनिरहेका हुँदैनन् । त्यसो त फिल्मबारे बहस पनि खासै भइरहेका हुँदैनन् । अझ नेपालमा त के छ भने समीक्षकले राम्रा भनेका फिल्म बक्स अफिसमा सुपरफ्लप हुन्छन् र कतिपय नरुचाइएका फिल्मले व्यापार राम्रो गर्छन् ।

व्यावसायिक फिल्म बनाउने मेकरहरु समीक्षकसँग रुष्ट हुँदै आएका छन् भने समीक्षकहरु पनि व्यावसायिक फिल्म बनाउने कैयन् मेकरलाई मेकर नै नमान्ने गर्छन् ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ११ : ३९ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल