कतारले अघि बढायो आप्रवासी श्रमिकको न्यूनतम ज्याला तोक्ने प्रकृया « Khabarhub

कतारले अघि बढायो आप्रवासी श्रमिकको न्यूनतम ज्याला तोक्ने प्रकृया


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतार–कतार सरकारले आप्रवासी श्रमिकको न्यूनतम ज्याला तोक्ने तयारी गरेको छ । यसका लागि कानूनको मस्यौदासमेत तयार पारिएको छ ।

आप्रवासी श्रमिकको न्यूनतम ज्याला सम्बन्धी कानूनको मस्यौदा शुरा काउन्सिलमा छलफल पश्चात थप अध्ययनका लागि विधायिका मामिला समितिमा पठाइएको छ ।

कतारका सभामुख अहमद विन अव्दुल्लाह बिन जैद अल मोहम्मदको अध्यक्षतामा शुरा काउन्सीलले सोमवारको नियमित बैठकमा यस विषयमा छलफल गरेको थियो ।

सो बैठकमा आप्रवासी कामदारको न्यूनत तलव तोक्ने मस्यौदा समबन्धी कानूनमा छलफल भएको जानकारी प्राप्त भएको कतारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मस्यौदा कानूनमा कामदारको तलव तोक्न श्रम मन्त्रालय अन्तर्गत न्यूनतम ज्याला समिति गठन हुने विषय समेटिएको छ । समितिको गठन तथा अन्य कार्य मन्त्रिपरिषदले तोके अनुसार हुने समाचारहरुमा जनाइएको छ ।

कतारले सन् २०२० को जनवरीमा आप्रवासी कामदारको न्यूनतम ज्याला तोक्ने घोषणा गरेको थियो ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १२ : १६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल