विवाद समाधानका लागि कांग्रेस शीर्ष नेताबीच छलफल हुँदै « Khabarhub

विवाद समाधानका लागि कांग्रेस शीर्ष नेताबीच छलफल हुँदै


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टी भित्र देखिएको विवाद समाधानका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई बोलाएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो ३ बजे बैठक बस्न लागेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्व महामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंहलाई बोलाइएको छ ।

पुस ११ गते संस्थापन पक्षले केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको मिति, विभागहरुको संख्या थप लगायतका निर्णय गरेपछि नेता पौडेल–सिटौला पक्ष असन्तुष्ट बनेको छ ।

पार्टी भित्र विवाद बढ्दै जाँदा असन्तुष्ट पक्षले आफू पक्षधर जिल्ला सभापतिहरुलाई काठमाडौंमा भेला गरि संस्थापन पक्षलाई दवाव समेत दिएको थियो ।

सभापति देउवाले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न आफू तयार रहेको बताएका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल गतसाता उपचारका लागि भारत जानु अघि पनि देउवा निवासमा नेता पौडेल र सिटौलासँग छलफल गरेका थिए । देउवाले त्यसक्रममा पनि समस्या समाधान गरेर अघि बढ्ने बताएका थिए ।

त्यसबीचमा नेताहरु सिटौला, निधि र सिंहले गत सोमबार पार्टी कार्यालय सानेपामा छलफल गरेका थिए ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १ : २७ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको