अन्नपूर्णको हिमपहिरोमा बेपत्ता भएका व्यक्तिको अवस्था अझै अज्ञात, सेनाद्वारा खोजी कार्य जारी « Khabarhub

अन्नपूर्णको हिमपहिरोमा बेपत्ता भएका व्यक्तिको अवस्था अझै अज्ञात, सेनाद्वारा खोजी कार्य जारी


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा परी बेपत्ता भएका ३ नेपाली र ४ जना कोरियन नागरिक ६ दिनसम्म पनि फेला पर्न सकेका छैनन् ।

पदयात्रा क्षेत्रको हिमालयनबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गत माघ ३ गते बिहान १० बजेको आएको हिमपहिरोमा परी उनीहरु सम्पर्कविहीन हुन पुगेका थिए ।

घटनामा केही विदेशी पर्यटक तथा नेपाली उम्किन सफल भएका थिए । नेपाली पथप्रदर्शक सरोज परियार,सहयोगी मीनबहादुर लामा ९तामाङ० र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोनको अवस्था हालसम्म अज्ञात रहेको जनाइएको छ ।

हिम पहिरोमा परेर बेपत्ता भएका नेपालीसहित कोरियाली नागरिकको खोजीका लागि सेनाको टोली अहिले पनि अन्नपूर्ण क्षेत्रमा परिचालित छ ।

सेनाको टोलीले प्राप्त सूचना, नेपाली पथप्रदर्शक (गाइड)का आफन्त तथा घटनास्थल नजिकै रहेका होटलहरुको सहयोगमा बेपत्ता भएका खोजी कार्य जारी राखेको जनाइएको छ ।

अन्नपूर्ण क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोजीका लागि स्थानीय प्रशासनसँगै प्रहरी र सशस्त्र प्रहरीको टोली पनि परिचालन भएको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  २ : १८ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर