संसदीय समितिको निर्देशन नै टेर्दैनन् मन्त्रालय, ताकेता गर्ने निर्णय | Khabarhub Khabarhub

संसदीय समितिको निर्देशन नै टेर्दैनन् मन्त्रालय, ताकेता गर्ने निर्णय


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफूले दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निर्णय गरेको छ ।

समितिको आजको बसेको बैठकले समितिले पटकपटक निर्देशन दिँदा पनि कार्यान्वयन नगरेको र कार्यान्वयन बारे जवाफ माग गर्दासमेत अटेर गरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निणर्य गरेको हो ।

समितिका सभापति रामनारायण बिडारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपन्छि विकासलगायतका मन्त्रालयलाई निर्देशन दिएको लामो समयसम्म पनि कार्यान्वयन नगरेको भन्दै त्यसबारे मन्त्रीलाई नै समितिमा आमन्त्रण गरेर जानकारी लिने बताए ।

समितिले आगामी बैठकमा गृहमन्त्रीलाई आमन्त्रण गरी आगामी वर्ष कम्तीमा १० वटा बोर्डर पोष्ट थप गर्ने र सीमा सुरक्षा तथा अपराध नियन्त्रण विशेष अभियान सञ्चालन गर्ने भनी दिएको सरकारी आश्वासनको सम्बन्धमा जानकारी लिने भएको छ ।

त्यसैगरी संस्कृति तथा नागरिक उडड्यनमन्त्री र अर्थमन्त्रीलाई समितिको बैठकमा आमन्त्रण गरी अन्तरराष्ट्रिय पर्वतारोहण सङ्ग्रहालयको व्यवस्थापन सम्बन्धमा छलफल गर्ने भएको छ । सभापति बिडारीले भने “अखेटोपहार तथा पुराना वस्तुको संरक्षण गर्ने सम्बन्धमा गृहमन्त्रालय, रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सम्बन्धित सचिव र शहरी विकास मन्त्रालयका सचिवसँग छलफल गर्ने निर्णय गरेको छ ।”

समितिका सदस्य बलराम बाँस्कोटाले समितिले प्राप्त अधिकारलाई टेकेर तीव्ररुपमा काम गर्नुपर्नेमा जोड दिए । सांसद नैनकला ओझा, बीना पोखरेल र नरपति लोहारले समितिले आगामी दिनमा राष्ट्रका लागि लाभदायक काम गर्नुपर्ने धारणा राखे । समितिले प्रत्यायोजन व्यवस्थापन विषयमा नेपाल बार एशोसिएशनलगायत सङ्घ/संस्थासँग समेत छलफल गर्ने भएको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ४ : ०४ बजे

नागरिक सहभागिता सुनिश्चित गरी कानुन बनाइरहेका छौँ : मन्त्री चौरसिया

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नागरिकको सहभागिता

थामिनसक्नु गर्मीमा काकाकुल वीरगञ्ज, पानी बाँड्दै सेना (तस्बिरहरू)

वीरगञ्ज- मधेश प्रदेश अहिले सुख्खा र खडेरीको चर्को चपेटामा परेको

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं- ताप्लेजुङ र कञ्चनपुरका छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको ज्यान

२० वर्षदेखि विदेशी मुद्राको अवैध सटही : पोखराबाट तीन जना पक्राउ

कास्की- विदेशी विनिमय कारोबारमा अवैध संलग्न रहेको अभियोगमा तीन जनालाई

शिक्षा समितिमा मिडिया काउन्सिल विधेयकमाथि विज्ञसँग छलफल

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मिडिया