नेप्से ७ अंकले घट्यो « Khabarhub

नेप्से ७ अंकले घट्यो


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबारको बजार ७ अंकले ओरालो लागेर १३१३.४२ अंकमा अडिएको छ । त्यस्तै, क वर्गको कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.१३ अंकले झरेर २८२.३० अंकमा रहेको छ ।

बुधबारको बजारमा कूल १ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कूल १७८ कम्पनीको ४९ लाख १४ हजार ४३७ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

बुधबार सबैभन्दा बढी कारोबार भएको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमईको सेयर मूल्य प्रतिकित्ता ३०५ रुपैयाँ रहेको छ । जुन अघिल्लो कारोबारको तुलनामा एक रुपैयाँले बढेको हो । मंगलबार बैंकको सेयर मूल्य प्रतिकित्ता ३०४ रुपैयाँ रहेको थियो । त्यस्तै, नेपाल बैंकको ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा जीवन बीमा बाहेक बाँकी समूह राताम्मे भएका छन् । जीवन बीमा समूह १६२ अंकले उकालो लागेको छ । होटल, निर्जीवन र उत्पादनमूलक तीन वटै समूह २३ अंकले ओरालो लागेका छन् ।

बुधबार बढी कमाउनेको सूचीमा जीवन बीमा कम्पनी अग्रस्थानमा रहेका छन् । सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ८.४७ प्रतिशतले बढेको छ ।

कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२५ रुपैयाँ रहेको छ । त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता ५४१ र ४२२ रुपैयाँ रहेको छ ।

बुधबार पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी अर्थात ८.७० प्रतिशत गुमाएका छन् ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ४ : ४८ बजे

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र

अमेरिकी नाकाबन्दी प्रयासबीच इरानको चेतावनी, बेलायतले ट्रम्पको योजनामा साथ नदिने

तेहरान- इरानले फारस खाडी र ओमान सागरका बन्दरगाहबारे कडा चेतावनी

भक्तपुरमा ठड्याइयो हात नभएको लिङ्गो

काठमाडौं– भक्तपुरको प्रसिद्घ बिस्काः जात्रा अन्तर्गत सोमबार तालाक्वस्थित कुम्हाले टोलमा

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

मुस्ताङ– काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल-चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको