देउवा निवासमा तीन घण्टा बसेको बैठक विनानिष्कर्ष टुंगियो, शुक्रबार फेरि बस्ने « Khabarhub

देउवा निवासमा तीन घण्टा बसेको बैठक विनानिष्कर्ष टुंगियो, शुक्रबार फेरि बस्ने


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांंग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीका शीर्ष नेताको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

पार्टीमा देखिएको विवादका विषयमा छलफल गर्न बसेको बैठकले ठोस निष्कर्ष निकाल्न सकेन । बैठक पुनः शुक्रबारका लागि बोलाइएको कांंग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले भने, ‘बैठक झण्डै तीन घण्टा चलेको थियो ।  पार्टीमा देखिएको विवादका विषयमा सबै नेताहरुले आ–आफ्ना कुराहरु राख्नुभयो । बैठक शुक्रबार ९ बजे पुनः बस्नेछ ।’

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, कृष्ण सिटौला र प्रकाशमान सिंह लगायत सहभागी थिए । उनीहरुले कार्यदल स्तरमा भएको छलफलबारे ब्रिफिङ गरेका थिए ।

गत पुस ११ गते देउवा समुहका केन्द्रीय सदस्य मात्रै उपस्थित बैठकले १४ औं महाधिवेशनलगायत निर्णय गरेपछि पौडेल र सिटौला पक्ष रुष्ट बनेका थिए ।

उनीहरुले महाधिवेशनको कार्यतालिका सच्याउनुपर्ने, क्रियाशील सदस्यता छानविनका लागि समिति बनाउनुपर्ने लगायत माग अघि सारेका छन् ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ८ : ०१ बजे

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा