काठमाडौं – आइसीसी टेस्ट वर्ल्ड च्याम्प्यिन्समा न्यूजिल्याण्डले पहिलो इनिङ्समा भारतलाई १ सय ६५ रनमा अल आउट गराएको छ ।
न्यूजिल्याण्डको विलिङ्टनमा जारी खेलमा भारत ६८ दशमलव १ ओभरमा अल आउट हुँदै १ सय ६५ रनमा समेटिएको हो ।
न्यूजिल्याण्डका लागि टिम साउदी र कायले जामेइशनले ४/४ विकेट लिए भने एक विकेट ट्रेन वोल्टको नाममा रह्यो ।
भारतका लागि अजिङ्काये राहानेले ४६ रन, मनिष अग्रवाल ३४, मोहमद सामी २१, रिसब पन्त १९ र चतेश्वर पुजाराले ११ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउँन सकेनन् ।
प्रतिक्रिया