तपाईंलाई अचम्म लाग्ने संस्कृत गीत र भजनमात्र बज्ने नाइट क्लब « Khabarhub

तपाईंलाई अचम्म लाग्ने संस्कृत गीत र भजनमात्र बज्ने नाइट क्लब


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकाशं होटल तथा नाइट क्लबमा पप तथा रिमिक्स गीतहरुको बोलबाला छ ।

नाइट क्लब जानेहरु मदिरा तथा धुम्रपानको नशामा यस्तै गीतमा रम्ने र नाच्ने गर्दछन् ।

नेपालका केहि होटल वा क्लबमा भने दोहोरी समेत बज्ने गर्दछ । तर कुनै नाइट क्लबमा संस्कृत भाषाको गीत बज्दछ भन्दा पत्याउन ग्राहो होला ।

किनकी आजकल संस्कृत भाषाका गीत अत्यन्त कम मात्रामा पाइन्छ । पाएका गीत पनि भजन वा कुनै मन्त्र मात्र हुने गर्दछन् । तर विश्वमा एक यस्तो नाइट क्लब छ, जहाँ संस्कृत भाषामा गीत गाइन्छ ।

संस्कृत भाषाका गीत घन्काइने नाइट क्लब भनेपछि सायद तपाईंले नेपाल वा भारतको कुनै स्थानको क्लब होला भन्ने सोच्नु भयो होला । तर होइन, सस्कृत भाषाको गीत घन्काइने नाइट क्लब दक्षिण अमेरीकी मुलुक अर्जेन्टिनामा छ ।

अर्जेन्टिनाको ब्युनर्स आयर्समा रहेको ग्रोभ नामक नाइट क्लबमा अंग्रेजी रक वा पप गीतहरूको सट्टामा संस्कृतका गीत तथा भजनहरू बजाइन्छ । र क्लब पुग्ने ग्राहक तिनै गीतमा खुब आनन्द लिने गर्दछन् । संस्कृत भाषाका गीतमा तन्नेरीहरू रमाइलो मान्दछन् । अझ रोचक कुरो त के छ भने उक्त नाइट क्लबमा दैनिक ८ सयभन्दा धेरै ग्राहकहरू पुग्ने गर्दछन् ।

तर उक्त नाइट क्लबमा मद्यपान वा धुम्रपान गर्न निषेध छ । त्यहाँ माछामासु समेत खान पाइदैन । ग्राहकले क्लबले तय गरेको नियमलाई पालना गर्दै केवल सफ्ट ड्रिंक्स, जुस तथा शाकाहारी खाना मात्र खानु पर्ने हुन्छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ९ : ०६ बजे

सम्झौता कार्यान्वयन नभएसम्म इरानमा अमेरिकी सैन्य शक्ति यथावत् : ट्रम्प

एजेन्सी– अमेरिका–इरानबीच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस