टी – ट्वान्टी सिरिजमा अष्ट्रेलियालाई १ – ० को अग्रता « Khabarhub

टी – ट्वान्टी सिरिजमा अष्ट्रेलियालाई १ – ० को अग्रता


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  दक्षिण अफ्रिकाविरुद्धको टी – ट्वान्टी सिरिजमा अष्ट्रेलियाले एक शुन्यको अग्रता लिएको छ ।

तीन खेलको सिरिज अन्तर्गत भएको पहिलो टी – ट्वान्टीमा घरेलु टिम दक्षिण अफ्रिका १ सय ७ रनले पराजित भएको हो ।

जोहन्सवर्गमा शुक्रबार राति भएको खेलमा अष्ट्रेलिया दिएको १ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका १४ ओभर ३ बलमा अल आउट हुँदै ८९ रनमा समेटियो ।

अष्ट्रेलियन बलर एस्टन एगर चम्किएपछि दक्षिण अफ्रिकी ब्याट्सम्यान सस्तैमा समेटियो । उसका फाप डु प्लेसिसले सर्वाधिक २४ रन जोड्दा कागिसो राबडाले २२ रन बनाए ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न एस्टन एगरले ह्याट्रिकसहित पाँच विकेट लिए । उनले सातौं ओभरको चौंथो, पाँचौं र अन्तिम बलमा विकेट लिँदै ह्याट्रिक पुरा गरेका हुन् ।

टी-ट्वान्टी अन्तर्राष्ट्रियमा ह्याट्रिक लिने उनी दोस्रो अष्ट्रेलियन खेलाडी हुन् । यस्तै एडम जाम्पा र पाट कमिन्सले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । अष्ट्रेलियाका स्टिभ स्मिथले ४५ रन जोड्दा कप्तान आरोन फिन्चले ४२ रन जोडे ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ९ : ३३ बजे

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय