बिहे नै राेकेर कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टरको मृत्यु « Khabarhub

बिहे नै राेकेर कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टरको मृत्यु


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफ्नो विवाह नै स्थगित गरेर कोरोना भाईरस संक्रमितको उपचारमा खटिएका डाक्टर पिङ यिनहुआको मृत्यु भएको छ। २९ वर्षीय चिनियाँ डाक्टर यिनहुआको बिहीबार राति मृत्यु भएको हो।

हुबेई प्रान्तमा रहेको अस्पतालमा कार्यरत डा. पिङ यिनहुआले कोभिड–१९(कोरानाबाट)बाट संक्रमित बिरामीहरुको उपचार गर्न आफ्नो विवाह नै स्थगित गरेका थिए। उनले गत फेब्रुअरी १ तारिखका दिन हुने भनिएको विवाहलाई पछि सारेका थिए।

उनी बिरामीको उपचार गर्दागर्दै संक्रमित भए। जसको कारण गत बिहीबार राति उनको मृत्यु भयो। डा.यिनहुआ गत जनवरी २५ तारिखमा अस्पतालमा भर्ना भएका थिए । पछि ३० तारिखमा जिनयिनतान अस्पतालमा रिफर गरिएको थियो।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य एजेन्सीहरूसँग डा. यिनहुआलाई शहीद घोषणा गर्न माग गरेका छन्। साथै उनको परिवारलाई सहयोग गरिदिन समेत आग्रह गरे।

चीनमा महामारीझैं फैलिएको कोभिड–१९ को संक्रमणका कारण स्वास्थ्यकर्मीहरू यस रोगको नियन्त्रण गर्न लागिपरेका छन्।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  १० : २२ बजे

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल, (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन