शिवरात्रिमा भेला भएको पशुपतिको फोहर सफाइ शुरु « Khabarhub

शिवरात्रिमा भेला भएको पशुपतिको फोहर सफाइ शुरु


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महाविशरात्रिका अवसरमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ अभियान शुरु गरिएको छ ।

महाशिवरात्रि सकिएलगत्तै वाग्मती सफाइ महाअभियानको ३५४औँ हप्ताको सफाइका क्रममा पशुपतिनाथ मन्दिरअघिको राममन्दिर क्षेत्रमा सफाइ गरिएको थियो ।

सफाइमा पशुपति क्षेत्र विकास कोष, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत १४ संस्थाका ३५० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

सफाइबाट चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।

सफाइमा कोषका सदस्य सचिव डा प्रदीप ढकाललगायत कर्मचारी र वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत लगायतको समूह पनि सक्रिय थियो ।

वाग्मती सफाइको ३५५औँ हप्ताको कार्यक्रम तिलगङ्गा क्षेत्रमा गरिने जनाइएको छ । विष्णुमती सफाइ अभियानको २८२औँ हप्तामा तारकेश्वर नगरपालिका वडा नं– ६ जरङ्गुको गुड्खु खोला क्षेत्रमा सचेतनासहित सफाइ गरियो ।

सफाइबाट करिब आठ टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिनुभयो । सफाइ अभियानमा नेपाली सेना, अष्टमान टोल सुधार समिति, तारकेश्वर सफाइ तथा वातावरण संरक्षण प्रालीसहित २३० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

यसैगरी गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, आलोकनगर, मनोहरा, सुन्दरीघाट, चक्रपथको उत्तर र पश्चिम खण्ड, ललितपुरको गोदावरी खोला क्षेत्रमा पनि सफाइ गरिएको छ ।

विसं २०७० जेठ ५ गते देखि शुरु भएको वाग्मती सफाइ अभियानबाट प्रभावित भई हालसम्भ देशभर १०६ भन्दा बढी स्थानमा सफाइ अभियान चलिरहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  १ : ४८ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष