बाँदरबाट जोगिएको फूल र सजावट धर्म गर्न पशुपति पुगेकाले नै चोरेपछि… « Khabarhub

बाँदरबाट जोगिएको फूल र सजावट धर्म गर्न पशुपति पुगेकाले नै चोरेपछि…


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार परेको महाशिवरात्रि पर्वको अवसर पारेर पशुपति क्षेत्रलाई निकै आकर्षक बनाइएको थियो ।

हिन्दूहरुको महत्वपूर्ण धार्मिक स्थल पशुपति नाथ मन्दिर परिसरलाई आकर्षित पार्न फूलबाट सजाइएको थियो ।

शुक्रवार पशुपति पुग्ने जो कोहीलाई पनि पशुपतिमा गरिएको फूलहरुको सजावटले मोहित पर्दथ्यो । बेलुका सम्म पशुपति पुग्नेहरुले फोटो खिचेर सामाजिक सञ्जाल भरिएका थिए ।

तस्वीरहरु सार्वजनिक भएपछि धेरैले शनिवार (शिवरात्रिको भोलिपल्ट अर्थात आज) पशुपति गएर फूलै फूलको बीचमा उभिएर तस्वीर खिच्ने र सुन्दरता नियाल्ने बारे सोचेका पनि थिए ।

तर,आजको अवस्था फरक बन्न पुग्यो । निकै आकर्षकसम्म सजाइएको पशुपतिनाथ क्षेत्रबाट आज विहानसम्म फूल, माला र सजाट ध्वस्त बनिसेका थिए । अर्थात फूलहरु त्यहाँट निकालिएका थिए ।

मानिसहरुले सजाइएको स्थानबाट फूलहरु चोरिरहेको तस्वीरहरु यतिवेला समाजिक सञ्जालहरुमा भाइरल बनेका छन् ।

‘फूल चोरेकोमा गर्व’ गर्दै केहीले सामाजिक सञ्जालमा तस्वीरसमेत राखेका छन् ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदिप ढकालले बाँदरले सजाइएको फूललाई बिगार्छ भन्ने चिन्ता गरिएको स्थानका फूल सुरक्षित भएपनि मान्छेको हात पुगेको ठाउँको फूल नभएको भन्दै दुख व्यक्त गरे ।

सामाजिक सञ्जालमा सदस्यसचिव डा ढकालले लेखेका छन्–

यसपालीको महाशिवरात्रीपर्वमा पशुपति परिसरलाई फूल र प्रकाशले सजाउने सोचियो । अनि तत्काल प्रश्न तेर्सियो – बाँदरबाट कसरी जोगाउने होला ? त्यही पीरमा बसिरहेको थिएँ ।

आज विहानै मन्दिरक्षेत्र पुग्दा निकै नमज्जा लाग्यो । दिक्क पनि लाग्यो – किन हामी यसरी सुन्दरतालाई लुछ्न उद्यत हुन्छौँ भनेर । जुन बाँदरको चिन्ता गरेको हो ती ठाउँका फूल सुरक्षित छन् तर हामी मान्छेको हात पुग्ने ठाउँका फूल चाहिँ छैनन् । केहीसमयअघि तीनकुनेमा दुबो चोरेका हामीहरु झन फूलैफूल भएको ठाउँमा त कसरी पो चुप लाग्न सक्थ्यौँ र ?

फूलले त सजाउने तर शिवरात्री पछाडि कसरी व्यवस्थापन गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा जवाफ थियो – पहिले फूलको सौन्दर्यको आनन्द लिउँ । सौन्दर्यको आनन्द लिनुभन्दा पहिल्यै फोहरमा किन मस्तिष्क खर्च गर्नु ?

अब थाहा भयो हाम्रा यी दुबै पीर त लिनै नपर्ने खालका रहेछन् ।

भगवान श्रीपशुपतिनाथसँग प्रार्थना गर्दछु – हामीलाई सद्बुद्धि दिनुहोस् ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ४ : ४४ बजे

‘महाभारत’का अश्वत्थामादेखि ‘गजनी’का डरलाग्दा खलनायकसम्म: प्रदीप रावत सङ्घर्ष र सफलता

भारतीय चलचित्रमा केही कलाकार यस्ता हुन्छन्, जसको नाम सुन्नासाथ कुनै

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा

बाढीले बगाउँदा एक व्यक्तिको मृत्यु

जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु

बालेन सत्तामा बोल्न नपाइने शब्द !

काठमाडौँ – यो कार्टुनले लोकतन्त्रमा पनि कसरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार