अमेरिका जान चाहने नेपाली आवेदकमध्ये करिब आधालाई भिजिटर भिसा प्रदान « Khabarhub

अमेरिका जान चाहने नेपाली आवेदकमध्ये करिब आधालाई भिजिटर भिसा प्रदान


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन– अमेरिकाले आर्थिक वर्ष २०१९ मा नेपाली आवेदकमध्ये करिब आधालाई भिजिटर भिसा प्रदान गरेको तथ्यांक सार्वजनिक भएको छ ।

अमेरिकाको विदेशमन्त्रालय अन्तर्गत कन्सुलर मामिला ब्यूरोले सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकाले आवेदकमध्ये ४९ दशमलब ३० प्रतिशत नेपालीलाई भिजिटर भिसा उपलब्ध गराएको हो ।

निकायका अनुसार सन् २०१९ मा १७११४ नेपालीले अमेरिकाको भिजिटर भिसा पाएका छन् । यीमध्ये १०७० लाई बी १ बी २ भिसा ३३ जनालाई बी १ भिसा र ११ जनालाई बी २ भिसा प्रदान गरिएको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष भिजिटर भिसा स्वीकृत दर बढि छ । अघिल्लो आर्थिक वर्ष सन् २०१८ मा नेपालीको भिसा स्वीकृत दर ४८ दशमलब ४७ प्रतिशत थियो ।

दक्षिण एसियामा सबैभन्दा धेरै भने भारतमा रहेका दूतावास र कन्सुलेटहरुबाट गैरआप्रवासी भिसा जारी गरिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ६ : १६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया