अमेरिका जान चाहने नेपाली आवेदकमध्ये करिब आधालाई भिजिटर भिसा प्रदान « Khabarhub

अमेरिका जान चाहने नेपाली आवेदकमध्ये करिब आधालाई भिजिटर भिसा प्रदान


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन– अमेरिकाले आर्थिक वर्ष २०१९ मा नेपाली आवेदकमध्ये करिब आधालाई भिजिटर भिसा प्रदान गरेको तथ्यांक सार्वजनिक भएको छ ।

अमेरिकाको विदेशमन्त्रालय अन्तर्गत कन्सुलर मामिला ब्यूरोले सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकाले आवेदकमध्ये ४९ दशमलब ३० प्रतिशत नेपालीलाई भिजिटर भिसा उपलब्ध गराएको हो ।

निकायका अनुसार सन् २०१९ मा १७११४ नेपालीले अमेरिकाको भिजिटर भिसा पाएका छन् । यीमध्ये १०७० लाई बी १ बी २ भिसा ३३ जनालाई बी १ भिसा र ११ जनालाई बी २ भिसा प्रदान गरिएको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष भिजिटर भिसा स्वीकृत दर बढि छ । अघिल्लो आर्थिक वर्ष सन् २०१८ मा नेपालीको भिसा स्वीकृत दर ४८ दशमलब ४७ प्रतिशत थियो ।

दक्षिण एसियामा सबैभन्दा धेरै भने भारतमा रहेका दूतावास र कन्सुलेटहरुबाट गैरआप्रवासी भिसा जारी गरिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ६ : १६ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति