अरूको विगारेर आफू सप्रिने होइन : प्रधानमन्त्री « Khabarhub

अरूको विगारेर आफू सप्रिने होइन : प्रधानमन्त्री


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तुलित छिमेक नीति नेपालको समृद्धिको आधार भएको बताएका छन् ।

शनिबार आफ्नो ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई ढुंगाबीचको तरुल भनेर नकारात्मक ढंगले भन्दा छिमेकीहरूबीचको सम्बन्ध सन्तुलित बनाएर समृद्धि हासिल गर्न सकिने बताए । समृद्धिका लागि सन्तुलित, प्रभावकारी र उचित छिमेक सम्बन्ध र वैदेशिक सम्बन्ध विकास गर्न आवश्यक रहेको उनले बताए ।

‘हामी दुई ढुंगाको बीचमा छौँ । नेपालमा समृद्धि हासिल गर्न सकिन्छ। त्यसका लागि हामीले सन्तुलित, प्रभावकारी र उचित प्रकारको छिमेक सम्बन्ध र वैदेशिक सम्बन्ध विकास गर्न आवश्यक छ’, प्रधानमन्त्रीले भने, ‘सूर्य, चन्द्रमा र पृथ्वी पनि आफ्नो सन्तुलनमा घुमेका छन्। सूर्यका वरिपरि घुम्ने नौं ग्रहलाई डोरीले झुण्ड्याएको छैन्। यो दुनियाँ धर्ती र प्रकृति नै सन्तुलनमा छ। हामीले संसारको सबै सन्तुलन गर्नुपरेको छैन । दुईवटा छिमेकी मिलाउने हो। यो पनि ठूलो कुरा हो र ? पारस्परिक सम्मान र लाभका आधारमा जान सक्छौँ।’

प्रधानमन्त्री ओलीले अस्वस्थ प्रतिस्पधालाई हटाएर अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको समेत बताए ।

अरूलाई आफूभन्दा नीच देखाएर ठूलो हुन नकिने बताउँदै उनले भने, ‘अर्काको कापी च्यातेर आफू अगाडि हुने होइन्। राम्रो लेखेर बढी नम्बर ल्याउने विद्यार्थीले उन्नति गर्छ। अरूको विगारेर आफू सप्रिने होइन्। अरूलाई पनि सप्रिन मद्दत गर्ने र आफू पनि सप्रिने बाटो हामीले लिनुपर्छ।’

देशमा विकासका सबल सम्भावनाहरू रहेको उल्लेख गर्दै उनले जस्तोसुकै संकट आएपनि नडगमगाने अर्थतन्त्रत्र निर्माण गर्न सकिने बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ८ : ३० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल