बालुवाटारको एक्सन रूमबाट माथिल्लो खुरुङ्गा खोला जलबिद्दुत आयोजना उद्घाटन | Khabarhub Khabarhub

बालुवाटारको एक्सन रूमबाट माथिल्लो खुरुङ्गा खोला जलबिद्दुत आयोजना उद्घाटन


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो खोरुंगा खोला साना जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारको एक्सन रुमबाट आयोजनाको उद्घाटन गरेका हुन् । योसँगै, तेह्रथुम पावर कम्पनीले बनाएको ७.५ मेगावाट क्षमता थपिएको हो ।

मेन्छ्याम गाउपालिकामा भएको उद्घाटन कार्यक्रमलाई प्रधानमन्त्रीले बालुवाटारबाटै सम्बोधन गरेका थिए । उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुनलगायतको उपस्थिति थियो ।

यो आयोजनामा माछापुच्छ्रे बैंक लिमिटेडको नेतृत्वमा नेपाल बंगलादेश बैंक र ग्लोबल आईएमईले लगानी गरेका छन् ।

करिब एक अर्ब ३२ करोड ५० लाख लागतको आयोजनामा माछापुच्छ्रे बैंक लिमिटेडले ४० करोड, नेपाल बंगलादेश बैंकले ३० करोड र ग्लोबल आईएमईले ३० करोड लगानी गरेका छन् ।

आयोजनाबाट उत्पादित विद्युत् ४.७ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको जिरीखिम्ती सवस्टेसनमा जोडिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ६ : ५५ बजे

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा