प्रधानमन्त्रीको नैतिकता र चरित्रको बारेमा जनताले थाहा पाउनुपर्छ : डा लोहनी | Khabarhub Khabarhub

प्रधानमन्त्रीको नैतिकता र चरित्रको बारेमा जनताले थाहा पाउनुपर्छ : डा लोहनी


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै प्रशंसा पाएका मन्त्रीले कमिसन डिल गरेको अडियो सार्वजनिक हुनुले सरकारको चरित्र स्पष्ट पारेको बताएका छन् ।

अडियो प्रकरणपछि सरकारबाट जनताले केही आशा गर्न नसक्ने स्पष्ट भएको बताए ।

राजधानीमा शनिवार आयोजित एक कार्यक्रममा अध्यक्ष लोहनीले भने,‘त्यत्रो समर्थन पाएका सञ्चारमन्त्रीबाट जुन किसिमबाट नेपाली जनताको स्रोत र साधनमाथिको खुलेआम लुट गर्ने प्रयास भयो, त्यो बाहिर आयो, त्यसले गर्दाखेरि बास्तवमा यो सरकारको चरित्र के हो ? यस्तो सरकारबाट के आशा गर्न सकिन्छ ? भन्ने प्रश्न नेपाली जनतामाझ चड्कारो रुपमा आएको छ ।’

उनले कमिशनको यो अडियो प्रकरणभन्दा अघि पनि यति काण्ड, सुन काण्ड, एनसेल काण्ड, न्यारोबडी काण्ड, वाईडबडी काण्ड भए, ती सबै काण्ड नेपालको प्रेस जगत (मिडिया) ले बाहिर निकालेको छ, तर, त्यसलाई एउटा लजिकल कन्क्लुजनमा लैजाने कुरामा यो सरकार तयार देखिएन् । संसदमा प्रतिपक्ष छ, तर प्रतिपक्ष पनि धेरै भलाद्यमी भएको छ । उहाँहरु चाहीँ जे आएपनि नमस्कार नै गरेर बस्ने स्थितिमा पुग्नुभएको छ ।’

उनले बाँस्कोटाको ७० करोड कमिशनको टेप प्रकरण सुन्दा अझै एक अर्ब बढाईदेउन भनेर सुनिएको पनि बताए ।

उनले भने,‘एक अर्ब भनेको त केही पनि होईन, नेपालीहरुको आर्थिक अवस्था कस्तो छ ? त्यसको कुनै मतलब छैन् । एक अर्ब बढाईदेउ अथवा अहिले हेर्दाखेरि त ३७, २८ अर्बको पनि कुरा आयो ।’

लोहनीले हिजो सामन्ती व्यवस्थामा जसरी शोषण गरिएको थियो अहिले प्रजातन्त्रको वैधानिकता लिएर शोषण गरिएको टिप्पणी गरे ।

उनले थपे,‘अहिले त नेपालमा नवसामन्तवादको नयाँ अध्याय नै सुरु भएको छ । यसमा प्रश्न के छ भने बाँस्कोटामात्रै हो कि या त्योभन्दा माथि पनि अरु कोही थिए ? किनभने एउटा खबर के आएको छ भने जसले यो कुरा पर्दाफास गरे, मिश्र भन्ने व्यक्तिले उनले यो टेप लगेर प्रधानमन्त्रीज्यूलाई नै दिएका थिए, त्यो पनि दुई महिना आगडि, त्यो टेप सुनिसकेपछि त्यही व्यक्तिलाई नेपालको सबभन्दा शसक्त राजनीतिज्ञ भनेर प्रशंसा गर्नु र अहिले यो भ्रष्टाचारको कुरा बाहिर आउनुबाट प्रधानमन्त्रीलाई यसमा कति थाहा थियो या थिएन ? भन्ने कुरा अब ठूलो प्रश्नको रुपमा आएको छ ।’

उनले यो प्रकरणमा अब हुने छानबिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बोल्नुपर्ने माग गरे । उनले भने,‘उहाँले कति थाहा पाउनुभएको थियो ? रोक्नको लागि के गर्नुभयो ? के गर्नुभएन ? यो कुरा नेपाली जनताले थाहा पाउनुपर्छ । किनभने आफ्नो प्रधानमन्त्रीको नैतिकता र चरित्रको बारेमा जनता आश्वासन हुन चाहन्छन् । प्रधानमन्त्री भनेको त संस्था हो, त्यो संस्थामापनि तपाईले आस्था गर्न सक्नुभएन भने त्यो बेलामा देशमा अशान्ति र अराजकता बढेर जान्छ ।’

अध्यक्ष लोहनीले यो प्रकरणको निश्पक्ष छानबिन हुनुपर्ने बताउँदै संसदीय समितिबाट छानबिन हुनुपर्ने आफूहरुको सुझाव रहेको सुनाए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ९ : ४१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन