सगोत्रीसँग विवाह गरेको भन्दै परिवारले गर्‍यो युवतीको हत्या « Khabarhub

सगोत्रीसँग विवाह गरेको भन्दै परिवारले गर्‍यो युवतीको हत्या


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै भारतमा एक युवतीको हत्या भएको छ । राजधानी दिल्ली नजिकै २५ वर्षे ती युवतीको आफ्नै परिवारले हत्या गरेको हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै उनकै अभिभावक र परिवारका सदस्यले हत्या गरी नहरमा फालेका हुन् । घटना ३० जनवरीको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हत्या भएकी युवतीको नाम शीतल चौधरी रहेको प्रहरीले जनाएको छ । उनको हत्यामा सलग्न भएको अभियोगमा प्रहरीले युवतीको परिवारका ४ सदस्यलाई पक्राउ गरेको छ ।

चौधरीलाई शुरुमा परिवारका सदस्यले अपहरण गरी हत्या गरेको र शवलाई सिकन्दरावादमा रहेको नहरमा फालेका थिए । प्रहरीले उनको हत्यामा आफ्नै परिवारका ६ सदस्यहरुको संलग्नता रहेको जनाएको छ ।

शीतलका श्रीमान्ले प्रहरीमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । उनीहरुले गत अक्टोबर महिनामा परिवारलाई थाहै नदिई विवाह गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ७ : ४० बजे

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना