कोरोनाको आशंका लागेमा ११८० मा फोन गर्न काठमाडौं महानगरको अनुरोध « Khabarhub

कोरोनाको आशंका लागेमा ११८० मा फोन गर्न काठमाडौं महानगरको अनुरोध


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी तीव्र पारेको छ ।

महानगरालिकाले कोरोनाको आशंका देखिएमा उनीहरुको तत्काल उद्धारका लागि तालिम प्राप्त स्वास्थ्य सेवाकर्मीहरू तयारी अवस्थामा राखिएको  जानकारी दिएको छ ।

महानगरपालिकाका मेयर विद्या शुन्दर शाक्यले कसैलाई कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गरेका छन्।

प्रमुख शाक्यले विज्ञप्ति जारी गरी कामपाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्रि नं ११८० मा खबर तथा सूचना दिन अनुरोध गरेका हुन्।

हाम्रो एम्बुलेन्स र तालिम प्राप्त स्वास्थ्य आकस्मिक सेवाकर्मीहरू तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ५ : ४८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु