काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका अमेरिकामा तीब्र रुपमा फैलिएको छ । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण हाल सवैभन्दा बढी इटाली र त्यसपछि अमेरिकामा संक्रमणको जोखिम बढेको छ ।
अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा ६ हजार ५ सय १३ जना नयाँ संक्रमित देखा परेका छन् । हालसम्म अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ सय १६ पुगेको छ भने संक्रमितको संख्या २५ हजार ८ सय ९६ पुगेको छ ।
इटालीमा पनि पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ५७ जना नयाँ संक्रमित देखिएसँगै ५३ हजार ५ सय ७८ पुगेको छ । इटालीमा हालसम्म ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् । संक्रमित मध्ये २८ सय ५७ जनाको अवस्था गम्भीर रहेकाे छ भने ६ हजार ७२ जना निको भएर घर फर्किएका छन् ।
कोरोनाका कारण अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ । सङ्क्रमित ३ लाख ६ हजार ६ सय ७७ मध्ये अहिलेसम्म १३ हजार १७ जनाको ज्यान गएको छ । ९४ हजार ७ सय ९८ जना उपचारपछि घर फर्किएका छन्।
संक्रमणको केन्द्रबिन्दु मानिएको चीनमा ८१ हजार काेराेना सङ्क्रमितमध्ये ७१ हजार ७ सय ४० जना निको भएर घर फर्किएका छन् । चीनमा अहिलेसम्म ३ हजार २ सय ५५ जनाको ज्यान गएको छ ।
अहिलेसम्म चीन र इटलीपछि सबैभन्दा धेरै इरानमा १५ सय ५६, स्पेनमा १३ सय ७८, फ्रान्समा ५६२, अमेरिकामा ३१६ जना, बेलायतमा २३३ जना र दक्षिण कोरियामा १०२ जनाको ज्यान गएको छ ।
अहिलेसम्मा काेराेना भाइरसको संक्रमण १ सय ८८ देशमा फैलिएकोे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
प्रतिक्रिया