रियल मड्रिडका पूर्वअध्यक्षको कोरोना संक्रमणबाट मृत्यु « Khabarhub

रियल मड्रिडका पूर्वअध्यक्षको कोरोना संक्रमणबाट मृत्यु


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाको संक्रमणबाट रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको ज्यान गएको छ।

कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि अस्पताल भर्ना भएका ७६ वर्षीय पूर्व अध्यक्ष सान्जको उपचारकै क्रममा निधन भएको उनका छोरा फर्नाडो सान्जलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आफ्ना पूर्व अध्यक्षको निधनप्रति रियल म्याड्रिडले पनि एक विज्ञप्ति निकालेको छ । ‘रियल म्याड्रिड क्लब, यसका अध्यक्ष र सञ्चालक समितिका सदस्यहरु लोरेन्जो सान्जको निधनबाट दुखित छौं,’ विज्ञप्तिमा भनिएको छ ।

सान्ज सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष रहेका थिए ।

कोरोनाको संक्रमणबाट आइतबार बिहानसम्म स्पेनमा २५ हजार ४ सय ९६ जना संक्रमित भएका छन् भने एक हजार ३ सय ७८ जनाको ज्यान गएको छ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ८ : ५० बजे

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै